Wednesday, February 21, 2024

(लघुलेख) देश निकाला

 (लघुलेख)
देश निकाला

सरण राई

अाफ्नै देशमा जन्मेर पनि देशभित्र बस्न नपाएर गरिबगुर्वा, मजदुर , किसान देश निकालामा परिरहेका छन् ।

कानुनले उनीहरूलाई देशनिकाला गरेकाे हाेइन । राजनैतिक व्यवस्थाले देशमा गरिखाने वातावरण परिवेश बिगारेर बाँच्नै नसक्ने गरि अनेकाैं व्यवधानभित्र उकुसमुकुस पारेपछि सास जाेगाउन बाध्यताले विदेश पलायन हुनु अाम जनताकाे नियती बनाइएकाे छ । याे बनाउने अरू काेही हाेइन हामीले नै जिताएकाे दलाल भडुवा राष्ट्रघाती नेता भनाउदाहरूले हाे ।

विदेशीकाे दलाल तिनीहरू ! तिनीहरूलाई यस्ताे परिवेशले मनपरि शासन गर्ने माैका दिई रहेकाे छ । मनपरि गरेर , राष्ट्रघात गरेर, भ्रष्टाचार गरेर अर्थतन्त्र तहसनहस गरेर विदेशीका लागि सस्ताे मजदुर बनाउने तिनीहरू गरिबगुर्वाकै नाममा राजनिति गर्ने भ्रम छर्न सफल भइरहेसम्म सर्वसाधारण अाममान्छे देश निकालाकाे सिकार भइरहने छन् ।

ती दलालहरू ! कति निर्लज्ज रहेछन् । कालापानी, लिपुलेक , लिम्पियाधुराबारे माैन छन् । mcc सन्धी संसदमा अनुमाेदन गराउन अनेक प्रपञ्च रचिरहेका छन् । युध्द नै नलडि, युध्दमा नजितीकनै नेपाल उपनिवेश बनाउने र नेपालीलाई गुलाम बनाउने विदेशीकाे मतियार तिनीहरू नाङ्गेझार भएका छन् । तिनीहरूलाई देशभक्तहरूले देशनिकाला नगरून्जेल गरिबगुर्वाहरूले देशनिकालाबाट उन्मुक्ति पाउन सम्भव छैन ।
🔴

२०७६ माघ १७, धरान
https://facebooklit.blogspot.com/2020/01/blog-post_31.html

Saturday, February 17, 2024

(लघुनिबन्ध) मनकाे खसखस

 

(लघुनिबन्ध)
मनकाे खसखस
 
सरण राई
 
आजसम्म पछिपछि कालान्तरसम्मपनि मन- - पराउन पराइन,बाँध्न बुझाउन,खुसी प्रसन्न पार्न, बुझ्न चाेर्न आदि ,र ,मनकै तुलबुल खसखस मेट्न मेटाउन र मन बुझ्न चाेर्न हर्नआदि मन शान्त पार्नकै लागि अनेकाै प्रयत्न, क्रिया, उपक्रिया सक्रियता ,सङ्घर्ष, युध्द , आविष्कार अन्वेसन, लेखन, भ्रमण, काम नकाम आदि भए, र , भईरहने छन् ।
अब मनभित्रका चुराे कुरातिर लागाैँ ।
कसैकाे मनकाे कुरा कसरी थाहा हुन्छ ? मनभित्र कसरी पस्न सकिन्छ र ? तर प्रयत्न भने सबैकाे आफ्नाे र अरुकाे मन जित्ने नै हुन्छ । मलाई साह्रै मन परेकाे मान्छे छ, मन जित्ने कसरी ?
अनेक सुत्र तरिका शास्रहरूले बताएका छन् , अनेक दाउ हाउभाउ सिकाएका छन् । अनेक सुन्दर कलात्मक बस्तुसामान बनाएका छन् । सभ्यता संस्कृति सबै मन जित्न तह लगाउन सिर्जित छन् ।
तर मन -- ठूलाे कि सानाे ? जति वशमा राख्न खाेजे पनि फुत्त उम्केर उडिहाल्छ कता कता ... के खाेज्छ ? कहाँ उड्छ ? किन भट्कि रहन्छ ? याे मन चरीजस्ताे भए त सुनकै पिजडामा थुनेर यसकाे फुरफुर हेर्दा कति आनन्द हुन्थ्याे हाेला !
मुला मन ! मनभित्र सिंहासन हुन्छ रे । आसनहरू हुन्छन् रे ।मनपराएकालाई थपक्क राखि हाल्छ साेच्तैनसाेचि, साेध्दै नसाेधि ! दराज भरिए जस्ताे हाेइन कहिले भरिदैन रे । जति पनि अट्छ रे तर मन नपरेकालाई प्रवेश निषेध । कस्ताे मन !
मन ! मनै रुवाएर गयाे गई । राेएर केही हुँदैन तर रुन्छ मन । मनै हँसायाे । हाँस्छ मन बेस्सरी तर थाहा पाइएकाे छैन मन हँसाउने के गरि ?
मन स्वतन्त्र स्वचालित । सधै के के खाेजिरहन्छ ? सायद प्रिय प्रिया तिमीलाई नै पाे खाेजि रहेछ कि ! सायद मनकाे सिंहासनमा बसाईसकेकाे तिमीलाई भेट्न आतुर छ कि ! यस्ता माया, मायालुका कुरामा पग्लिन्छ ।
कठाेर भयाे भने त सय मनकाे घनले हिर्काउदा पनि फुट्दैन ।
मनकाे कुरा गरि साध्य छैन । मन अनेक नामधारी मात्र नभएर अनेक रूपधारी पनि पाे छ ।
मनकाे खसखस मेटाउन याे लेखेकाे हुँ । चित्त बुझ्याे, बुझेन ?मन पर्याे कि परेन ? मनभित्र नगुम्साई भन्नाेस् है,आज भेट भएकाे बेला । याे मन डराईरहन्छ फेरि भेट हाेला नहाेला ?
समय कसैकाे वशमा हुँदैन । मनकाे खसखस लघुनिबन्ध समाप्त...!
🌸🌸
२०७७ फागुन ५
🌸🌸

🌸

Wednesday, February 10, 2021

(लघुसंस्मरण) कालकाेठरी

 

(लघुसंस्मरण)
कालकाेठरी
 
सरण राई
 
२०७७ माघ २५ गते बेलबारीकाे किरात राई यायाेक्खा साकेला थानमा ९४वर्षिय आमा शिवमाया राईले पिताकाे सम्झनामा फलैचा निर्माण गर्ने इच्छा पिताकाे मृत्यु भएकाे २०वर्षपछि व्यक्त गर्नुभएकाेले छाेराहरूसँग मिलेर फलैचा बनायाैँ । फलैचा तयार भएपछि २०७७माघ २५गते आइतबार पिता "मछिन्द्रबहादुर राई स्मृति सभा तथा किरात राई यायाेक्खा पुस्तकालय साहित्यिक भेटघाट" आयाेजना हुँदा साे सभामा पूर्व सांसद हर्कमान तामाङले मैले वाचन गरेकाे "नवयुग" असार २०७३मा प्रकाशित पिताकाे जिवनी सुनिसके पछि मैले पिताकाे बारेमा अझै लेख्नुपर्ने कुरा मन्तव्यमा जाहेर गर्नु भयाे । लेख्न त लेखाैला तर पढ्ने कसले ? तापनि पिताले जीवित हुँदा सुनाउनु भएकाे कालकाेठरी प्रकरण भने मैले भुल्न सकेकाे छैन । साे प्रकरण लघुरूपमा प्रस्तुत गरिरहेकाे छु ।
पिता मछिन्द्रबहादुर राई २००७सालको क्रान्तिमा जनमुक्ति सेनामा संलग्न रहि सक्रिय हुनु भयो । सो जनमुक्ति सेना जोगवनीदेखि नै क्रान्तिमा राणा सेनासँग लड्दै नारदमुनी थुलुङ र रामप्रसाद राईको नेतृत्वमा धनकुटा, भोजपुर र ओखलढुङ्गा कब्जा गर्दै काठमाडौं पुग्यो । त्यस अवधिमा उहाँले पनि सेनामा रही तालिम प्राप्त गरेकोले मुक्ति सेनाको कमाण्डको जिम्मेवारी वहन गर्नु भयो ।
२००७सालको क्रान्ति सफल भएपछि त्यहि जनमुक्ति सेनालाई तीनवटा बटालियनको २१०० जवान रहेको पहिलो जनताको सेनाको रूपमा ‘रक्षा दल’ सेनामा रूपान्तरण गरियो । सो सेना सिंहदरबारभित्र राखिएको थियो । सो सेनाको दोस्रो बटालियनमा पहिलादेखि काम गरेको पद प.हे.मा उहाँ कार्यरत रहनु भयो । नेपालको इतिहासमा त्यो नै बिजेता जनताको पहिलो सेना थियो । ‘दिल्ली सम्झौता धोका हो र क्रान्ति अधुरो छ ’ भन्दै पश्चिममा डा. के. आई. सिंहले क्रान्ति जारी राखेका थिए । ‘रक्षा दल’का केही जवानहरू गई गोरखाबाट डा. के. आई. सिंहलाई पक्राउ गरी ल्याई सिंहदरबार कम्पाउन्डभित्र राखेका थिए । त्यसै बेला भोजपुरका २००७सालका क्रान्तिवीर रामप्रसाद राईलाई भूगोलपार्कमा भाषण गरिरहेको बेला पक्राउ गरी सेन्ट्रल जेलमा राखिएको थियो । रामप्रसाद राई र डा. के. आई. सिंहको विचारले ‘रक्षा दल’का जवानहरूलाई प्रभाव पार्न थालेको थियो र दिल्ली सम्झौता रद्द गरी पूर्ण प्रजातन्त्रको घोषणा, क्रान्तिमा सहिद भएकाहरूको नामावली तयार गरि तिनीहरूको परिवारलाई संरक्षण र क्षतिपूर्ति दिनुपर्ने, ‘रक्षा दल’का जवानहरूका तलबबृद्धिजस्ता नौसुत्रिय मागहरू राजा त्रिभुवनसमक्ष ‘रक्षा दल’का जवानहरूले पेश गरे । सो माग पूरा नभएपछि ‘रक्षा दल’का जवानहरूले २००८साल माघ ९ गते माग पूरा गराउनका लागि सैनिक बिद्रोह थालनी गरे ।
नेपालको सैनिक इतिहासमा त्यो नै पहिलो सैनिक बिद्रोह पनि थियो । सो सैनिक बिद्रोहको नेतृत्व मछिन्द्र बहादुर राई, नरबहादुर राई र केही अफिसरहरूले गरेका थिए । माघ ९ गतेदेखि १४ गतेसम्म सिंहदरबार ‘रक्षा दल’को कब्जामा रह्यो । त्यसै अवधिमा रामप्रसाद राई र डा. के. आई. सिंहलाई ‘रक्षा दल’ले जेलमुक्त गरेर नेतृत्व गर्न अनुरोध ग¥यो तर उनीहरू त्यो बिद्रोहको नेतृत्व गर्नुको सट्टा तिब्बततर्फ भागेर गए ।
गाथगादि ताकेको र सैनिक बिद्रोह गरेको अभियोगमा मछिन्द्र बहादुर राई, नरबहादुर राई र ‘रक्षा दल’का २०० जवानहरू पक्राउ परे । उनीहरूलाई राजा त्रिभुवनको राज्यकालभरि वा आजीवन कारावासको सजाय तोकियो । षडयन्त्रमुलक ढङ्गमा ‘रक्षा दल’ सेना पनि बिघटन गरियो । यसरी पहिलो पल्ट गठन भएको जनताको सेनाको अन्त्य गरियो । यसरी जनताको सेनाको अन्त्य गरिए पछि जनता कमजोर भए र जननिर्वाचित सरकार र संसदलाई राजा महेन्दले २०१७ सालमा सजिलै भङ्ग गर्न सके ।
२०१०सालमा मछिन्द्र बहादुर राई लगायत ५९जनाले जेलमुक्तिका लागि २८दिनसम्म आमरण अनसन गरे तर बालचन्द्र शर्मा लगायतका व्यक्तिहरूका षडयन्त्रले सो अनसन बिफल भयो ।
आमरण अनसन बिफल भए पछि मछिन्द्रबहादुर राईलाई कालकाेठरीमा राखियाे । उहाँले बताउनु भएअनुसार भद्रगाेल जेलभित्र रहेकाे कालकाेठरी कैदिलाई मार्नकै लागि बनाईएकाे हाे र त्यहाँ कैदिलाई मर्नकै लागि राखिन्छ। कैदि त्यहाँकाे असुबिधा अँध्याराे, चिसाे र एक्लाे बसिरहनुले र नैराश्यले नै मर्दछ । कालकाेठरीमा राखिएकाे कैदिकाे हात खुट्टामा हतकडि नेल बाँधेर साे नेलमा गरुङ्गाे फलामकाे गाेला झुन्डाइएकाे हुन्छ । कैदिले यताउता सर्दा साे फलामकाे गाेला हातले उठाएर सर्नुपर्ने हुन्छ । कालकाेठरीमा कतैबाट प्रकाश आउदैन । कसैलाई पनि कालकाेठरीकाे कैदिसित भेट गर्न दिईदैन । अँध्याराे चिसाे फाेहाेर काेठा हुनुका साथै हाेचाे भएकाेले कैदि उभिन पनि नसक्ने हुन्छ । झ्याल हुँदैन । ढाेका खाेलेर कैदिलाई हुलाईसकेपछि त्याे ढाेका बन्द रहन्छ । दिनमा एक पटक खाना दिनका लागि थाल मात्र छिर्ने एउटा सानाे खिड्की हुन्छ । प्रकाश भन्ने त्याे खिड्कि खुल्दा मात्र एक क्षण कैदिले देख्न सक्छ । काल काेठरीमा हुलेपछि उहाँले पनि बाँच्ने आशा त्याग्नु भएकाे थियाे रे ।
तर उहाँकाे भाग्यले उच्च पदस्थ सेनाकाे जरनेल जेल निरीक्षण गर्दैगर्दै कालकाेठरीभित्र पनि पसेछन् । जरनेल जब बुबाकाे नजिक आए , बुबाले हतकडि नेलले बाँधिएकाे दुवै हातले जरनेलकाे दुवै खुट्टा च्याप्पै समाउनु भयाे रे । जरनेलले "छाेड्" भन्दै खुट्टा फुत्काउने अनेक बल गरे । तर फुत्काउन सकेनन् । सिपाही आएर जाेड जाेडले "छाेड् ! छाेड्!" भन्दै लात्तैलात्ताले हिर्काकाे हिर्काकै गर्दा पनि उहाँले छाेड्नु भएन । हथकडि र नेलले गर्दा झन् कसिलाे गरि पक्री रहनुभयाे रे । खुट्टा फुत्काउन नसकेपछि आतेस भएर जरनेलले साेधे " के चाहान्छस् ?"
" याे कालकाेठरीबाट बाहिर निस्कन पाउँ।"
जरनेलले उकुसमुकुस कालकाेठरीबाट निकाल्ने आदेश दिए रे ।
यसरी कालकाेठरीबाट छुटकारा पाएर बुबाकाे ज्यान बाँचेकाे थियाे ।
काल काेठरीबाट मुक्त भएपछि फेरि २०११सालमा पिता मछिन्द्र बहादुर राई लगायत ४१जनाले जेलमुक्तिका लागि फेरि २९दिनसम्म पुनः आमरण अनसन गरे । सम्पूर्ण सजाय माफ भयो र उहाँहरू जेलमुक्त हुनुभयाे ।
🌺
२०७७ माघ २८
🌺

🌺

Friday, July 28, 2017

आज मलाई मन पर्यो -२४

आज मलाई मन पर्यो -२४

मान्छेको मुढ सदा एकनास हुँदैन | आज मलाई पनि "जोक लेख्ने " मुढ भो | लेखौँ न त कसको के जान्छ ?
(लघु व्यङ्ग)
राजनैतिक झोले
सरण राई
एउटा धनी मानिसको घरमा दिनहुँ एउटा मेत्तर आएर चर्पी सफा गर्दथ्यो |
"यो चर्पी मेरो डेराभन्दा नि ठुलो छ , सफा छ | यो चर्पी सफा राख्ने मात्र मेरो काम हो |" भन्ने सोचेर कहिल्यै त्यो चर्पीमा दिशा पिसाब गर्दैनथ्यो | एकदिन पेट दुखेकोले चर्पी सफा गरिसके पछि उसले त्यहाँ दिशा गर्यो |
धनी मानिसले त्यो थाहा पाएर उसलाई हकार्यो " आइन्दा त्यहाँ दिशा गरिस् भने म तलाई कामबाट निकालि दिन्छु |"
भोलि पल्ट पनि चर्पी सफा गर्दागर्दै उसलाई दिशा लाग्यो | के गर्ने ? हत्तपत्त दगुरेर गई बगैचामा उसले दिशा गर्यो |
सन्च मानेर फर्किरहेको बेला नोकरहरुसँग मालिक आएर उसलाई फेरि हकार्यो " चर्पी त फोहोर पारिस् पारिस् , अब बगैचा पनि फोहोर पार्न थालिस् |"
 "अब भने मेरो जागिर गयो" भन्ने सोचिरहेको उसलाई फरुवा दिएर उसले गरेको दिशा सोहोरेर भर्खरै रोपेको बिरुवाको फेदमा पुर्न लगाईयो | बिरुवालाई मल चाहिएको थियो रे |
मेत्तरले सोच्यो --" राजनीतिमा सधै काम लगाइने राजनैतिक कार्यकर्ता भन्ने झोलेजस्तै रहेछु म | चर्पी सफा राख्ने तर चर्पीमा दिशा गर्न नपाउने | बगैचाको मेरो दिशा पनि मालिकले खेर जान दिएन | राजनीतिमा पनि झोलेहरुलाई राजनैतिक फोहोर मैला सफा गर्न प्रयोग गरिन्छ तर कुनै आसनमा बसाइन्न | अहिले पनि आफ्नो समुदायको मन्त्री कोहि भएनन् भनेर रुवावासी छ | राजनीतिमा रोएर कसैले दिन्छ ? झोलेहरुलाई कसले पत्याउछ ? खोसेर लिन नसक्नेहरु ...मैजस्ता हुन् | हा..हा ..हा ' ऊ मनमनै हाँस्छ |
🦋🦋🦋
https://likedtoday.blogspot.com/
२०७४ साउन धरान

Sunday, September 25, 2016

आज मलाई मन पर्यो -२३

(जीवनी)
मछिन्द्र बहादुर राई
भोजपुरका पहिलो कम्युनिष्ट

 सरणकुमार राई


मानिसको जीवन युगअनुसार हुन्छ । कुन युगमा मानिस जन्मेको हो त्यस युगको अवस्था अनुसार नै मानिसहरूको जीवन निर्वाह, लालनपालन, मानसिक अवस्था र क्रियाकलापहरू हुने गर्दछ । धेरै मानिसहरू युगको अवस्था अनुसारको चलन, प्रथा, अवस्था र संस्कृतिमा आस्रित र निर्लिप्त भएर त्यसैमा आत्म समर्पण गरेर कुनै नयाँ सोचको थालनी गर्ने कुरा सम्म कल्पना नगरी मर्छन् भने कोही मानिसहरू युगको अग्रगमनका लागि आपूmले सक्ने योगदान गर्नु पर्छ भन्ने भावनाकासाथ सक्रिय रहन्छन् । आजसम्मका मानव सभ्यताको विकास दोस्रो खाले मानिसहरूको प्रयत्नबाट सम्भव भएको हो । १९८१ साल असार १६ गते शनिबार भोजपुर (माझकिरात)को छिनामखुमा पिता कुलमर्दन राई र माता कृष्णकुमारी राईको पहिलो सन्तान सुपुत्रको रूपमा जन्मनु भएका मछिन्द्र बहादुर राई पनि दोस्रो खाले मानिसहरूभित्र पर्नु हुन्छ । प्रतिकूल समय, परिस्थिति र अवस्थाको दास भएर बस्नुभन्दा असल समाज, युग र व्यवस्थाका लागि आपूmले सक्ने योगदान गर्नुपर्छ  भन्ने व्यक्तिहरूकै पंक्तिमा उहाँ पनि उभिनुभएको थियो ।
मछिन्द्र बहादुर राईको जन्म आधुनिक विश्वबाट अलगथलग रहेको एक्लो अँध्यारो राणा शासण कालमा भएको हुँनाले उहाँको बाल्यकाल सामान्य नै रह्यो । शिक्षा, स्वास्थ, सञ्चार र यातायात आदिको कुनै प्रकारको सुबिधा नभएको त्यो बेलाको अँध्यारो युगमा जन्मेका बालकहरू जस्तै उहाँ पनि हुर्कनु भयो । शिक्षा प्राप्त गर्नु  बालकहरूको अधिकार हो भन्ने कुरा त्यति बेला कसैलाई थाहा थिएन । मानिस पशुसरहको जीवन गुजारी रहेका थिए । स्वास्थ सुबिधा त थिएन नै यातायात र सञ्चारको पनि कुनै प्रकारको साधन थिएन । जनसंख्या कम भएकोले आजजस्तो वातावरण प्रदुसित थिएन । तापनि सबै जन्मेका बालबालिकाहरू बाँच्छन् नै भन्ने  थिएन । बाल मृत्यु दर उच्च थियो । मछिन्द्र बहादुर राईकै पनि जम्मा जन्मेका ११जना भाईबहिनीहरूमध्ये दुई जना बहिनीहरू मात्र बाँचेका थिए । बाँच्नेहरूमा सबैभन्दा जेठो उहाँ  र ९जना भाईबहिनीहरू मरेपछि जन्मेका कमला राई (ठूली कान्छी) र नरदेवी राई (कान्छी) तीन जना मात्र हुनुहुन्थ्यो ।
त्यति बेलाको चलनअनुसार मछिन्द्रबहादुर राईको विवाह दिल्पा, खोङटाङ निवासी  दिलबहादुर राईकी १३ वर्षिय काइली छोरी शिवमाया राईसँग सम्पन्न भयो । विवाह पश्च्यात उनीहरूले  पारिवारीक अफ्ठ्यारा सजिलाहरूका बारे बुझ्ने अवस्थामा पुग्न नपाउदै दोस्रो विश्व युद्धको हल्ला छिनामखुमा पनि आइ पुग्यो ।  दोस्रो विश्व युद्धको प्रारम्भसँगै मुलुकभरका युवाहरू ब्रिटिश सेनामा भर्ती हुनुपर्ने सरकारी उर्दीका कारण मछिन्द्रबहादुर राई (पहिलाको नाम  तिलकबिक्रम राई ) ब्रिटिश सेनामा हुनु भर्ती हुनु भयो । उहाँको ब्रिटिश सेना नं ९०४८२ थियो र सन १९४१डिसेम्बर २५ देखि १९४७सम्म कार्यरत रहि स्वेच्छाले राजिनामा दिई देशसेवाका लागि स्वदेश फर्किनु भयो । राम्रो दिमाग भएकै कारण ब्रिटिश सेनामा रहँदा उहाँले रोमन गोर्खाली र नेपाली पढन लेख्न सिक्नु भयो । पल्टनमा रहँदा पनि उहाँ स्वाभिमानी र निडर हुनुहुन्थ्यो । उहाँले नै सुनाउनु भएको पल्टनको एक घटनाले पनि सो कुरा पुष्टि गर्दछ ।  उहाँले भन्नु भए अनुसार पल्टनको भान्सा घरमा ठूलो भड्डुमा दाल उम्लिरहेको थियो । त्यहाँ तेलमा ढडाइएका खोर्सानीका ढिडीहरू तैरिरहेका थिए । भान्सेसँग  उहाँले आफ्नो खाना थापेपछि एउटा माग्नु भयो । भान्सेले वास्ता गरेन । फेरि भन्दा दुईजना बीच भनाभन भयो । रिसले चुर भएर उहाँले भान्सेलाई जुरुक्क उचालेर त्यही  दाल उम्लिरहेको भड्डुमा हाल्दिनु भयो । हत्तपत्त एम्बुलेन्स ल्याएर भान्सेलाई अस्पताल लगियो । युद्धकाल भएकोले उहाँलाई पनि कुनै कारवाहि गरिएन । पल्टनमा भएका यस्ता घटनाहरूबाट उहाँको झडङ्ग रिसाउने बानी देखिन्छ । झडङ्ग रिसाए पनि त्यस्तो रिस एकै क्षण मात्र हुने गर्दथ्यो । तर त्यसरी उहाँको झडङ्ग रिसाउने बानीले गर्दा उहाँका कैयो साथीभाईहरू शत्रु पनि बनेका थिए ।
विश्व युद्ध समाप्त भएपछि ब्रिटिश सेनामा रहेका जवानहरूलाई सेनामा काम गर्ने वा स्वेच्छाले सेना छाडने विकल्प दिइएको थियो । तीन चार वर्ष विश्व युद्धको दौरानमा बर्माको जङ्गल जङ्गल र मैदानमा पाएको कष्ट सम्झेर साथै स्वदेश र परिवारको मायाले नाम काटि उहाँ स्वदेश फर्किनु भयो । स्वदेश फर्किएपछि २००७सालको क्रान्तिमा जनमुक्ति सेनामा संलग्न रहि सक्रिय हुनु भयो । सो जनमुक्ति सेना जोगवनीदेखि नै क्रान्तिमा राणा सेनासँग लड्दै नारदमुनी थुलुङ र रामप्रसाद राईको नेतृत्वमा धनकुटा, भोजपुर र ओखलढुङ्गा कब्जा गर्दै काठमाडौं पुग्यो । त्यस अवधिमा उहाँले पनि सेनामा रही तालिम प्राप्त गरेकोले मुक्ति सेनाको कमाण्डको जिम्मेवारी वहन गर्नु भयो । २००७सालको क्रान्ति सफल भएपछि त्यहि जनमुक्ति सेनालाई तीनवटा बटालियनको २१०० जवान रहेको पहिलो जनताको सेनाको रूपमा ‘रक्षा दल’ सेनामा रूपान्तरण गरियो । सो सेना सिंहदरबारभित्र राखिएको थियो । सो सेनाको दोस्रो बटालियनमा  पहिलादेखि काम गरेको पद प.हे.मा उहाँ कार्यरत रहनु भयो । नेपालको इतिहासमा त्यो नै बिजेता जनताको पहिलो  सेना थियो । ‘दिल्ली सम्झौता धोका हो र क्रान्ति अधुरो छ ’ भन्दै पश्चिममा डा. के. आई. सिंहले क्रान्ति जारी राखेका थिए । ‘रक्षा दल’का केही जवानहरू गई गोरखाबाट डा. के. आई. सिंहलाई पक्राउ गरी ल्याई सिंहदरबार कम्पाउन्डभित्र राखेका थिए । त्यसै बेला भोजपुरका २००७सालका क्रान्तिवीर रामप्रसाद राईलाई भूगोलपार्कमा भाषण गरिरहेको बेला पक्राउ गरी सेन्ट्रल जेलमा राखिएको थियो । रामप्रसाद राई र डा. के. आई. सिंहको विचारले  ‘रक्षा दल’का  जवानहरूलाई प्रभाव पार्न थालेको थियो र दिल्ली सम्झौता रद्द गरी पूर्ण प्रजातन्त्रको घोषणा, क्रान्तिमा सहिद भएकाहरूको नामावली तयार गरि तिनीहरूको परिवारलाई संरक्षण र क्षतिपूर्ति दिनुपर्ने, ‘रक्षा दल’का जवानहरूका तलबबृद्धिजस्ता नौसुत्रिय मागहरू राजा त्रिभुवनसमक्ष ‘रक्षा दल’का जवानहरूले पेश गरे । सो माग पूरा नभएपछि ‘रक्षा दल’का  जवानहरूले २००८साल माघ ९ गते माग पूरा गराउनका लागि सैनिक बिद्रोह थालनी  गरे । नेपालको सैनिक इतिहासमा त्यो नै पहिलो स‘ैनिक बिद्रोह पनि थियो । सो सैनिक बिद्रोहको नेतृत्व मछिन्द्र बहादुर राई, नरबहादुर राई र केही अफिसरहरूले गरेका थिए । माघ ९ गतेदेखि १४ गतेसम्म  सिंहदरबार ‘रक्षा दल’को कब्जामा रह्यो । त्यसै अवधिमा रामप्रसाद राई र डा. के. आई. सिंहलाई ‘रक्षा दल’ले जेलमुक्त गरेर नेतृत्व गर्न अनुरोध ग¥यो तर उनीहरू त्यो बिद्रोहको नेतृत्व गर्नुको सट्टा तिब्बततर्फ भागेर गए । गाथगादि ताकेको र सैनिक बिद्रोह गरेको अभियोगमा मछिन्द्र बहादुर राई, नरबहादुर राई  र ‘रक्षा दल’का  जवानहरू पक्राउ परे । उनीहरूलाई राजा त्रिभुवनको राज्यकालभरि वा आजीवन कारावासको सजाय तोकियो । षडयन्त्रमुलक ढङ्गमा ‘रक्षा दल’ सेना पनि बिघटन गरियो । यसरी पहिलो पल्ट गठन भएको जनताको सेनाको अन्त्य गरियो । यसरी जनताको सेनाको अन्त्य गरिए पछि जनता कमजोर भए र जननिर्वाचित सरकार र संसदलाई राजा महेन्दले २०१७ सालमा सजिलै भङ्ग गर्न सके ।
२०१०सालमा मछिन्द्र बहादुर राई लगायत ५९जनाले जेलमुक्तिका लागि २८दिनसम्म आमरण अनसन गरे तर बालचन्द्र शर्मा लगायतका व्यक्तिहरूका षडयन्त्रले सो अनसन बिफल भयो । २०११सालमा मछिन्द्र बहादुर राई लगायत ४१जनाले जेलमुक्तिका लागि फेरि २९दिनसम्म पुनः आमरण अनसन गरे । सम्पूर्ण सजाय माफ भयो र उनीहरू जेलमुक्त भए । यस अवधिमा नेपाल कम्युनिष्ट पार्टिले समर्थन गरेको हुँदा सो पार्टिप्रति मछिन्द्रबहादुर राई आकर्षित भए । मछिन्द्रबहादुर राईले भोजपुर फर्किसकेपछि भोजपुर हटियामा मछिन्द्र बहादुर राई, देवराज शाक्य, हर्कबहादुर श्रेष्ठ र पुर्णलाल ताम्राकार रहेको किसान संगठन गठन गर्नुभयो  र पछि सो संगठन नै जिल्ला कमिटि बन्यो  । यसरी उहाँ भोजपुर जिल्ला कमिटिको पहिलो डि.सि. एस.(डिस्ट्रिक्ट कमिटि सेक््रmेटरी) हुनु भयो । मछिन्द्र बहादुर राई, देवराज शाक्य, हर्कबहादुर श्रेष्ठ र पुर्णलाल ताम्राकारहरू नै भोजपुर जिल्लामा कम्युनिष्ट विचारको विजारोपन गर्ने पहिला व्यक्तिहरू  हुनु हुन्थ्यो । केही समयपछि देवराज राई पनि  भोजपुरको कम्युनिष्ट पार्टिमा थपिनु भयो । २०१३÷१४ सालतिर  रङ्गीन पत्रपत्रिका देख्न पाउनु दुर्लभ कुरा थियो ।  तर हुलाक मार्पmत नै रङ्गीन ‘सोभियत भूमि’ पत्रिका छिनामखु गाउँमा पुग्थ्यो । सो पत्रिकामा सोभियत देशले गरेका प्रगति, अन्तरिक्ष यात्रीहरूका तस्विर, कथा, छोटा कविता र कार्टुनहरू पकाशित भएका हुन्थे । बालक सरणकुमार राईले सोही पत्रिका हेरेर साहित्यमा लाग्ने प्रेरणा पाप्त भएको आफ्नो अन्तरवार्तामा स्वीकारेका छन् । केही समयपछि मदनमणि दिक्षितले ‘समिक्षा’ पत्रिका पनि हुलाक मार्पmत नै छिनामखु गाउँमा पठाइ रहनु भएको थियो । ती पत्रपत्रिकाहरूले  तात्कालिन समाजमा बामपन्थी विचारको प्रचार प्रसारमा महत्वपूर्ण भुमिका खेलेका थिए र २०१५ सालको आम निर्वाचनमा कम्युनिष्टप्रति युवाहरू आकर्षित भएका थिए  । २०१५सालको पहिलो आम निर्वाचनमा मछिन्द्र बहादुर राईले उत्तरी क्षेत्रमा  र हर्कबहादुर श्रेष्ठले मध्य क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टिको उम्मेदवार भएर चुनाव लड्नु भयो । नेपाल कम्युनिष्ट पार्टी आम निर्वाचनमा ७५स्थानमध्ये ४सिटमा  मात्र जित्न सफल भयो  । भोजपुरमा पनि नेपाल कम्युनिष्ट पार्टी पराजित भयो । पराजित भए पनि आम जन मानसमा नेपाल कम्युनिष्ट पाटीको प्रभाव विस्तार भइरहेको थियो र कार्यकर्ताहरूको मनोबल खस्केको थिएन ।
मछिन्द्र बहादुर राई राजनैतिक रूपमा मात्र नभएर सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि त्यतिकै सक्रिय हुनु हुन्थ्यो । २०१३ सालमा राजा महेन्द्रको पूर्वाञ्चल भ्रमण हुँदा उहाँ र देवराज राईको सक्रियताले छिनामखु गाउँको स्कुल श्री त्रिभुवन धर्मोदय प्रा.वि. लाई नि.मा.वि. बनाउन स्वीकृति  प्राप्त भएको थियो । राजा महेन्द्रको पूर्वाञ्चल भ्रमणका प्रभावशाली व्यक्तिहरू नरोत्तम राई र मकरबहादुर बान्तावा थिए र उहाँहरूबाट पनि नि.मा.वि. स्वीकृति  प्राप्त गर्नमा सहयोग भएको थियो । साहित्यकार एवं गायक गणेश रसिकका अनुसार त्यतिबेला “  स्कुलको आर्थिक अवस्था नाजुक थियो । त्यसैले दशैं तिहारमा नाच निकालेर घरघर डुलाउदै सहयोग संकलन गर्ने कार्यक्रम तय भयो । देवराज पूmफा, मछिन्द्र दाई, गङ्गा प्रसाद काका(रमिते), मति चन्द्र दाई, कला प्रसाद काका, नारान प्रसाद काका, तेज प्रसाद र खगेन्द्र काका भएर हर्कपाल बाजेको घरमा अभ्यास सुरु ग¥यो । केटी भएर नाच्नेमा म र कृष्ण थियौँ । ढटुवारेमा मछिन्द्र दाई, मति चन्द्र दाई, तेज प्रसाद आदि थिए । त्यसबेलाको गीतको बोल मलाई सम्झना छ—
हेर हेर दाजुभाई हाम्रो स्कूललाई
कसरी सुधारी लाने हो ...।” (गणेश रसिक,संझना आइरहने ती क्षणहरू, छिनामखु, सामयिक संकलन २०५१)
मछिन्द्र बहादुर राई चाड पर्वमा रङ्गरउस गर्न पनि अत्यन्त रुचाउनु हुन्थ्यो । गाउँ धरमा उहाँलाई अगुवाको रूपमा मान्थे र उहाँकै नेतृत्वमा स्कूलका लागि चन्दा उठाउने नाच गानको कार्यक्रमहरू हुने गथ्र्यो । उहाँ नाच्न र गाउन सिपालु हुनुहुन्थ्यो  । उहाँले नाचेको हेर्नेहरू मक्ख परेर भन्ने गर्थे ‘क्या फुर्तीसाथ नाचेको ।’ यस्तो मौका पर्दा साथीसङ्गीहरू माझ रमाइलो गर्नु हुन्थ्यो । हो, पनि जीवन शोक सुर्तामा डुबेर बिताउने कुरा होइन, जीवनको सुसेधन्दा बिर्सेर कोही कोही बेला त रमाइलो र मनोरन्जन पनि गर्नु पर्दछ , उहाँको  जीवन पद्धत्ति थियो । काममा लाग्दा भने उहाँ गोरु व गधाहा झैँ कडा परिश्रम गर्नु हुन्थ्यो । कडा परिश्रम गरेर नै आफ्नो र परिवारको लालनपालन गर्नु भयो । कहिले नचाहिदो बदमासी काम गर्नु भएन । सर्वसाधारण आम मान्छे भएर बाँच्नु भयो, जीवन गुजार्नु भयो ।
२०१८सालमा छिनामखुमा श्री त्रिभुवन धर्मोदय नि.मा.वि.भवन जिल्लाको बजेटबाट प्राप्त भएको १३,५००।–रकम लिइ उहाँले (स्कूलको सेक्रेटरी पनि हुनु भएकोले) किर्तेपाको जग्गा खरिद गरी देवीथानमा नयाँ भवन निर्माण गर्नु भयो । सो भवन निर्माण कार्यमा पिता कुलमर्दन राई र अन्य केही जनाको मात्र सहयोग प्राप्त भएकोले खर्च रकम अपुग हुँदा उहाँले भवन निर्माणका लागि मकरबहादुर कार्कीबाट १२००।–रकम आफ्नै नाममा तमसुक बनाई ब्याजमा ऋण लिनु भयो । भवन निर्माण भईसकेपछि उहाँ मधेस झर्नुभएकोले सो रकम स्कूल र उहाँबाट पनि तिरिएको थिएन । पछि मकरबहादुर कार्कीले उहाँलाई सो रकम असुल उपर गराइ पाऊँ भनि भोजपुर जिल्ला अदालतमा मुद्दा दायर गर्नु भयो । वारेसले तारीख गुजारेकोले मुद्दा साहुको पक्षमा एकतर्फी फैसला भयो । उहाँले उक्त रकमको सावा ब्याज तिर्नु भयो ।  हाल स्कूल पनि बाक्टुवामा सरेकोले सो भवन रहेको  स्थान प्रयोजनहीन रहेको छ । मोरङ्गमा झरिसकेपछि पनि बोराबाधको मालजङ्गलको सबै खेतीको लागि कुलो (पैनी) निर्माण गर्दा पनि उहाँलाई मुद्दा लगाई दुःख दिने काम  भएको थियो । सामाजिक कार्यमा संलग्न भए बापत उहाँले पुरस्कार भन्दा बढि जरिवाना नै पाउनु भएका यी उदाहरणहरू हुन् ।
२०१७सालमा राजा महेन्द्रले बहुदलीय व्यवस्था भङ्ग गरि पार्टिहरू प्रतिबन्धित गरे । त्यसपछि  मछिन्द्र बहादुर राईसँग या त पंचायत व्यवस्था स्वीकारेर पन्च हुनु पर्ने वा राजनीतिबाट पलायन हुनु पर्ने दुईवटा विकल्प थिए । भोजपुरमा  पंचायत व्यवस्था नस्वीकारी बस्न नसकिने वातावरण तयार भयो  । २०१७सालको राजा महेन्द्रको प्रतिगामी कदमलाई स्वागत गरेको भए उहाँले भोजपुर छाडनु पर्ने थिएन । अवसरवादि चरीत्र नभएकै कारण उहाँले आफ्नो आस्था र विचार छाड्नु भएन ।  त्यतिबेलाका कैयौ नेताहरूले झैँ पंचायत नस्वीकारी उहाँ भोजपुर छोडेर  बोराबाध, कसेनी, मोरङ झरेर बस्न थाल्नु भयो ।  मोरङ्ग आई सकेपछि पनि उहाँ बामपन्थी विचारबाट कहिल्यै विचलित हुनु भएन । मोरङ झरेर  जि. जुद्धबहादुर राईले खोलेका बोराबाध झोडामा झोडाजग्गा आवाद गरि खेतीपाती गरेर बस्न थाल्नु भयो । यसरी बस्दा पनि उहाँ सामाजिक कार्यहरूमा सक्रिय रहनु भयो । बोराबाधको वीरेन्द प्रा. वि.को स्थापना र विकासमा उहाँले उल्लेख्य सहयोग गर्नु भयो । त्यति बेलाको समयमा मोरङ्गमा आज भोलि जस्तो बाटाहरू थिएनन् । वर्षामा, खोला नाला बढेर जताततै पानी नै पानी र हिलो हुन्थ्यो भने हिउदमा धुलैधुला, पैदल नहिँडि कही पुगिदैनथ्यो । घोडा देहातमा एउटा प्रमुख साधन थियो । त्यति बेला उहाँ पनि कोही बेला घोडा चढेर हिड्नु हुन्थ्यो । बाटोघाटो बनेपछि घोडालाई साईकलले विस्थापन ग¥यो । मधेस झरेपछि उहाँले पनि साईकल नै चढेर आफ्नो अधिकांश जीवन बिताउनु भयो ।
मछिन्द्र बहादुर राईको पारिवारीक जीवन कडा परिश्रमका साथ सुखसितै बितेको थियो । उहाँको धर्मपत्नी शिवमाया राई पाहुनाहरूलाई राम्रो सत्कार गर्ने, विवेकी र कडा परिश्रम गर्ने हुनुहुन्थ्यो । पहाडमा बस्दा उहाँको घरमा कहिल्यै पाहुना टुटदैनथ्यो । क.तुल्सीलाल अमात्य पनि उहाँको पहाड धरमा पाहुना हुनु भएको थियो । उहाँहरूको पहिलो सन्तानको रूपमा २००४सालमा छोरा सरणकुमार राईको जन्म भयो भने दुई छोरीहरू सुदेशा राई २००८सालमा र बिजयालक्ष्मी राई २०१८सालमा जन्मिएका थिए । यी सबै परिवारका साथ २०२०सालतिर उहाँ मधेस बसाइ सर्नुभयो । मधेस झरिसकेपछि पनि उहाँ बामपन्थी विचारमा नै अढिग रहेर पंचायतको कुनै निकायमा जानु भएन । तर आवश्यकता परेको बेला प्रगतिशील विचारका उम्मेदवारलाई सधैं सघाउनु भयो । मछिन्द्र बहादुर राई मनमोहन अधिकारी लगायतका नेताहरूसँग सम्पर्कमा रहेर २०४६को जनआन्दोलनमा  सक्रिय रहनु भयो । २०४७ देखि२०५०सम्म  मोरङ, क्षेत्र नं. ४को कसेनी इलाका कमिटिको सदस्य हुनु भयो । २०५०सालमा भएको मोरङ जिल्ला अधिवेसनमा उहाँको कामको उच्च मूल्याङ्कन गर्दै उहाँलाई अभिनन्दन गरिएको थियो ।
जीवनको अधिकांश समय साइकल चढेर जीवन बिताउनु भएका मछिन्द्र बहादुर राईलाई पनि ७६ वर्षको उमेरमा मोटर साइकल चढने रहर जागेर आयो । २०५६सालमा छोरासँग गएर ‘हिरो होण्डा स्ट्रीट’ मोटर साइकल किन्नु भयो । त्यो मोटर साइकलमा क्लज थिएन र बिना क्लज नै गियर बदल्न सकिने व्यवस्था थियो । छोराले उहाँलाई मोटर साइकल चलाउन सिकाउन थाले ।  मोटर साइकल सिक्ने क्रममा उहाँ आपैmले चलाएको मोटर साइकल बि.पी. स्वास्थ बिज्ञान प्रतिस्ठानको खाली चौरमा कम्पाउण्ड वालमा ठोक्किएर दुर्घटना भयो । बि.पी. स्वास्थ बिज्ञान प्रतिस्ठान (अस्पताल)मा तुरुन्त पु¥याइयो । बि.पी. स्वास्थ बिज्ञान प्रतिस्ठानको सल्लाह बमोजिम सिलगढि लगियो । उपचारकै क्रममा सिलगढि चाङको अस्पतालमा १६दिनका दिन मिति २०५७साल असार ३गते शनिबार उहाँको देहान्त भयो । उहाँको शव धरान ल्याई धरानको वार्ड नं. १९ मुनि जङ्गलमा चिहान बनाइ बिसर्जन गरियो ।  अहिले पनि सो स्थानमा उहाँको चिहान अवस्थित रहेको छ ।
मानव चोला क्षणभङ्गुर छ । सबैले पाउने आयु झन्डै झन्डै उस्तै उस्तै बराबरी जस्तै हुन्छ । कोही राम्रा कामहरू गरेर सधैं सम्झन लायक बन्छन् । सादा जीवन बिताउनु हुने मछिन्द्र बहादुर राई दृढ विचार भएका क्रियाशील र शसक्त राजनैतिक व्यक्ति हुनु हुन्थ्यो । उहाँले नेपालको राजनैतिक विकासमा त्यस बेलाको वातावरण र परिस्थिति अनुरूप उल्लेखनीय योगदान गर्नु भएको थियो । सामाजिक र शैक्षिक विकासमा पनि त्यतिकै योगदान दिनु भएको थियो । आज जुन गणतन्त्रात्मक नेपाल छ उहाँहरूजस्तै सक्रिय र दृढ निश्चयी महानुभावहरूकै कारण प्राप्त भएको हो । उहाँलाई सम्झनेहरू थोरै भए पनि उहाँ सम्झन लायक व्यक्तिहरूकै श्रेणिमा पर्नु हुन्छ ।

२०७३।१।१७, धरान

(सरणकुमार राई त्रि. वि.का पुर्व सह प्राध्यापक, साहित्यकार र मछिन्द्र बहादुर राईका छोरा हुनु हुन्छ ।)
'नवयुग ' मासिक ,वर्ष २६ ,अङ्क ७ , असार २०७३

Sunday, April 5, 2015

आज मलाई मन प¥यो — २२

आज मलाई मन प¥यो — २२





सरण राई

काङमाङ नरेश राईद्धारा सङ्कलित लाहुरेका युद्धकथा र व्यथाहरूको सङ्गालो ‘खुकुरीको धारमा दुई शताब्दी’ पुस्तक पढिसकेपछि म केही सोच्न र लेख्न बाध्य भएँ । मेरो मन, मुटु र मस्तिष्क लाहुरेहरूले दुई शताब्दीदेखि भोगेको युद्धकथा र व्यथाहरूले बेस्मारी झक्झकाउँदै हल्लाई दियो । यी कथा व्यथाहरू लाहुरे समुदाय आदीवासी जनजातिहरूको मात्रै हो कि सम्पूर्ण नेपालीहरूको कथा व्यथा हो ? लाहुरे समुदायले भोगेको र भोगिरहेको व्यथा, पीडा र संकट लाहुरे समुदाय आदीवासी जनजातिहरूको मात्रै सरोकारको विषय हो कि सम्पूर्ण नेपाल र नेपालीहरूको सरोकारको विषय हो ?
शरीरको एउटा अङ्गमा चोट लाग्दा सम्पूर्ण शरीर त्यो चोटको पीडा सहन बाध्य हुन्छ वा हुँदैन ? त्यो चोट निको नभएमा पूरा शरीर स्वस्थ भएर रहन सक्छ ? समग्र नेपालीहरू सबैले बेहोर्दै आएका राजनैतिक व्यवस्थाहरूले लाहुरे समुदाय आदीवासी जनजातिहरू, दलित, महिला र तराइवासी मधेसीहरूलाई चर्को रूपमा शोषण र दमनको शिकार बनायो । सबै नेपालीहरूले यी कुराहरूको महसुसीकरण गरेर विविधखाले संघर्ष, आन्दोलन र जनयुद्ध समेत गरे र अहिले विश्वकै उन्नत र आधुनिक राजनैतिक व्यवस्था लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको छ ।
तर दुर्भाग्य ! हिजोका शोषक र सामन्तीहरूकै हालीमुहाली छ राजनीति र सरकारमा । उनीहरू समाजको एउटा तप्का, अङ्ग वा जातिले बेहोरीरहेका पीडा, यातना वा संकटलाई राष्ट्रिय रूपमा अङ्गिकार गर्न चाहदैनन् । अनेकौँ भ्रम सृजना गरेर शरीरको एउटा अङ्गमा लागेको चोट वा रोग समग्र शरीरको लागि खतरायुक्त छैन भनेझैँ गरी आफ्नो वर्गीय वा जातिय स्वार्थ सर्वोपरि राखेर सबैलाई राष्ट्रिय मुलधारमा समाहित गरेर अगाडि बढ्न चाहदैनन् । उनीहरू वर्गीय वा जातिय स्वार्थ सर्वोपरि सम्झने भयङ्कर र ऐतिहासिक भूल गरिरहेका छन् ।
हिजोका शोषक र सामन्तीहरू विभिन्न राजनैतिक दलहरूको खोल ओढेर राजनैतिक दलहरूलाई आफ्नो प्रभावमा राखेर सही र असल राजनैतिक विकासमा तगारो बनिरहेका छन् । भेडाको छाला ओढेर भेडाको हुलमा मिसिएका ती ब्वाँसाहरूलाई चिनेर तिनीहरूको छाला काढ्नु पर्ने तथ्य ‘खुकुरीको धारमा दुई शताब्दी’ले स्पष्ट पारेको छ ।
आज लाहुरे समुदायले गरिरहेको आन्दोलन कस्का लागि हो ? उनीहरूको आन्दोलन बेलायत सरकारसित मात्र सम्बन्धित छ ? दुई शताब्दीदेखि लाहुरे र तिनका परिवारहरू शोषण र अन्यायको चर्को मारमा परेका छन् । यस्तो मारमा पर्नु परेको प्रमुख कारण यीनीहरूको पक्षमा राणा सरकार थिएन, श्री ५ को सरकार थिएन र अझै लोकतान्त्रिक गणतान्त्रिक सरकार पनि नहुने हो कि भन्ने शंका उत्पन्न हुन थालेको छ । नेपाल सरकारले जबसम्म लाहुरे समुदाय वा नेपाली समाजको कुनै अङ्गको रूपमा रहेका कुनै पनि समुदायहरूले भोगिरहेका समस्याहरूलाई समष्टिगत रूपमा आफ्नो हो भनेर स्वीकार गर्दैन, त्यो समग्र रूपमा नेपालीहरूको आस्थाको सरकार हुन सत्तैmन । तसर्थ पनि ‘खुकुरीको धारमा दुई शताब्दी’ लाहुरे समुदाय आदीवासी जनजातिहरूको मात्रै कथा व्यथा नभएर समस्त नेपालीहरूकै कथा व्यथा भएकोले सबै नेपालीहरूले पढ्नु पर्ने र बुझ्नु पर्ने पुस्तक बनेको छ । खाश गरी सरकारमा रहेका वा सरकारमा जान चाहने दल, नेता, कार्यकर्ता र बुद्धिजीवीहरूले त नपढि नहुने, नबुझि नहुने नेपाली समाजको एउटा ठूलो लाहुरे समुदायको कथा व्यथा भएको छ ।
सुगौली सन्धि जनताले गरेको सन्धि होइन । तात्कालिन सरकारले सो सन्धि गरेर नेपालीहरूलाई विदेशी सेनामा भर्ती गराएर त्यसबाट आएको आय र अन्य उपलब्धीहरू पाएको थियो र त्यसपछिका सरकारहरूले पनि अनेक फायदा लिएका छन् । विवशतावश विदेशी सेनामा भर्ती भएका नेपाली गोर्खालीहरूले बेहोरेका र बेहोरीरहेको पीडा, व्यथा, कथा सरकारद्धारा सृजना गरिएको हुनाले तिनीहरूको सम्बोधन पनि सरकारद्धारा अविलम्ब हुनु पर्दछ ।
युग अब अँध्यारो प्रतिगमनतर्फ फर्कन सक्तैन । (सामन्ती युगका पक्षपातीहरूले अनेकौं प्रगतिशील र प्रजातान्त्रिकको मुकुन्डो भिरेर अनेकौ षडयन्त्र गरीरहेको भए पनि ) सामन्ती युग फर्केर कहिल्यै आउने छैन । नयाँ युग र व्यवस्थाले समग्र नेपालीहरूले भोगिरहेका पीडालाई सम्बोधन गर्नै पर्छ । त्यस्तो नयाँ युग र व्यवस्था ल्याउने नयाँ साहित्यको रचना हुन थालेको छ । त्यही नयाँ साहित्यभित्र काङमाङ नरेश राईद्धारा सङ्कलित लाहुरेका युद्धकथा र व्यथाहरूको सङ्गालो ‘खुकुरीको धारमा दुई शताब्दी’ पुस्तक पनि समाहित हुन पुगेको छ । नयाँ नेपाल निर्माणमा सहयोगी पुस्तक बन्न गएको छ ।
काङमाङ नरेश राईद्धारा सङ्कलित लाहुरेका युद्धकथा र व्यथाहरूको सङ्गालो ‘खुकुरीको धारमा दुई शताब्दी’ पुस्तकमा २७ जना जीवित भू. पु. गोर्खा सेनाहरूले आफ्नै अनुभवहरू बताएका छन् । सोही पुस्तकबाट केही रोचक उद्दरणहरू—
वि.सं. २००७ मंसिर २४ गते शनिबार १० बजे भोजपुर कब्जा ग¥यो, नारदमुनि थुलुङको नेतृत्वमा । शनिबारको दिन नमिलाएको भए भोजपुर कब्जा गर्न निक्कै समस्या पथ्र्यो । शनिबारको दिन भोजपुरमा हटिया लाग्थ्यो । (पृष्ट ३७)
आजका दिनसम्म हामी शोषित पीडित भएर बाच्यौँ, अब योभन्दा धेरै यसरी बाँच्न नपरोस् । हाम्रा पूर्खाहरू लडाईमा हजारौँको संख्यामा मरे, तिनीहरूले केही पनि क्षतिपूर्ति पाएनन् । उनीहरूले पशु बराबर जीवन बिताए । लडाईमा मरेकाहरूका परिवारले पनि सामान्य जीवन बिताउन सकेनन् । हजारौँको संख्यामा अंगभंग भए, उनीहरूले पनि एक रुपैया कम्पन्सेसन पाएनन् । (पृष्ट १५५)
हामी बेलायती सेनामा भर्ती भएका आदिवासी जनजातिहरूको आफ्नै मातृ भाषा, संस्कार, धर्म, संस्कृतिहरू छन् । भर्ती भएकाहरू मातृ भाषा, संस्कार, धर्म, संस्कृतिविहिन जस्तो भयौँ । यसको मूल्य कसले तोक्न सक्छ ? बेलायतले ? सक्दैन । पैसा दिएर किन्न नसक्ने चीजहरू पनि हामीले गुमााएका छौँ । (पृष्ट १५६)
अर्काको देशको लागि म मर्न तयार भएको सिपाही किन आफ्नो अधिकार प्राप्तिको लागि मर्न तयार हुन्न र ? (पृष्ट १७१)
हामीले बेलायतको लागि धेरै दुःख ग¥यो ।...गोर्खालीहरूलाई कटौतीमा पठाउने बहानामा, एकपटक गोर्खा “एपल फण्ड’’ उठायो । नम्बर वान ड्रेस लगाएर हङकङको बजारहरूमा पैसा माग्ने ढ्वाङ थापेर बस्नुपर्ने । पायपस एन्ड ड्रम प्लाटुनलाई धनीमानीको घरमा पठाई पैसा उठाएर पनि ल्याउथ्यो । (पृष्ट २१३)
लाहुरे लाग्छु भन्ने मूर्ख विचारले आइ. ए.को एक विषय झुन्डिरहेको थियो । लाहुरे भन्ने शब्दले जीवन बर्बाद बनाइसक्न लागेको थियो । लाहुरे हुन्छु भनेर हुन नसकेकाहरू धेरै छन् । उनीहरूको जीवन कस्तो भएको होला ? (पृष्ट २१६)
...ती पीडाहरूसँग बाँचेर आएँ । मेरा लागि ऊर्जाको स्रोत बन्यो त्यो पीडा । थकाइमा नबसी यात्रा निरन्तर गरे मात्र गन्तव्यमा ढिलो छिटो पुग्न सकिने रै‘छ भन्ने अनुभव बटुलेँ कि ? (पृष्ट २३०)
एककाइसौं शताब्दीमा आइपुग्दा एउटा गोर्खा सिपाहीले यस्तो प्रकारको अन्याय र अत्याचारको सिकार हुनु प¥यो भने पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध र मलेसियायुद्ध लडेकाहरूले कस्तो अत्याचार भोगेका थिए होलान् ? कल्पना गर्नसम्म सकिदैन । ..उनीहरूको पीडा बाहिर निस्किएको छैन ।

Sunday, March 1, 2015

आज मलाई मन पर्यो --२१



किरात संस्कृति : एक चर्चा
सरणकुमार राई
१. किरात जाति ः इतिहास र वर्तमान
किरात जाति लामो इतिहास भएको जाति हो । इतिहासका विभिन्न कालखण्डमा किरात जातिलाई हेर्ने र बुझ्ने भिन्न भिन्न धारणा विकास भएको पाइन्छ ।
१.१ किरात शब्दको अर्थ
सामान्य अर्थमा ‘किरात’ भन्नाले नेपालमा बसोवास गर्ने सम्पूर्ण मङ्गोलियन जातिहरू, भारतको सिक्किम, दार्जिलिङ ,नागाल्याण्ड, आसाम, पञ्जाब आदिका सम्पूर्ण आदिवासी जातिहरू तथा भूटान र बर्माका मङ्गोलियन नश्लका मानव समूहलाई समेटिन्छ । मानवशास्त्री सुनीतिकुमार चटर्जीका अनुसार भोट–बर्मेली भाषा परिवारका भाषा बोल्नेहरू किरात हुन् । इतिहासविद् जी. पी. सिंहले नेपालका राई, लिम्बू, याक्खा, सुनुवार, धिमाल, तामाङ, लेप्चा, कोचे, मेचे, राजवंशी, थारु, दनुवार, जिरेल, सुरेल, थामी, हायु, राजी, मगर, गुरुङ, र नेवारलाई किरात भनेका छन् ।
अङ्ग्रेज विद्वान्हरू भ्यान्सिटार्ट, कर्कप्याट्रिक र हड्सनले राई, लिम्बू, याक्खा, सुनुवार, दनुवार, सुरेल, जिरेल, थामी र हायुलाई किरात मानेका छन् भने सोभियत खोजकर्ता डा. सेटेन्कोले राई, लिम्बू, याक्खा, सुनुवार, सुरेल, जिरेल, थामी, हायु, दनुवार र धिमाललाई किरात भनेर किटानी गरेका छन् (किरात राई यायोक्खा, २०६४)। समाजशास्त्री डोरबहादुर बिष्टका अनुसार मातृभाषाका रूपमा तिब्बतबर्मेली भाषा परिवारका भाषा बोल्ने राई, लिम्बू, याक्खा, सुनुवार, जिरेल, हायु, गुरुङ, मगर, थकाली, थामी, चेपाङ, थारु, दनुवार, भोटे, माझी, धिमाल, मेचे, कोचे र उपत्यकाका नेवारहरू किरात हुन् (डोरबहादुर, २०५२)। राई (२०६८) त समाजशास्त्रीय÷मानवशास्त्रीय अवधारणामा नेपालका सबै आदिवासीहरू किराती हुन् दाबी समेत गर्दछन् ।
१.२. किरात जातिको ऐतिहासिक पृष्ठभूमि
किरात जातिको चर्चा गर्नासाथ ऋग्वैदिक साहित्यको स्मरण हुन्छ । हिन्दुकुश पार गरेर तलतिर झरेका आर्यहरू जब सप्तसिन्धुमा फैलिए, त्यस समय उनीहरूको संघर्ष किरात जातिसँग पनि भएको थियो । किरात जातिको निवास ‘त्रिगर्त’ अर्थात भारतको काँगडा उपत्यका थियो र यिनका नेतालाई ‘सम्बर’ भनिन्थ्यो । ऋग्वेदमा सोझै किरातको नाम त आउँदैन तर सम्बरको नाम बारम्बार आउँछ । जनक लाल शर्मा (२०३९) ले त्रिगर्त अर्थात् काँगडा उपत्यकामा किरात जातिका अनेक अश्वमयी किल्ला रहेको र ती किल्लामध्ये ९९ किल्ला आर्यहरूले लुटेर लिएको वर्णन ऋग्वेदको छैंटौं मण्डलको सतचालिसौं सूक्तको दोस्रो, एक्काइसौँ र बाइसौँ मन्त्रमा स्पष्टसँग उल्लेख भएको जानकारी दिएका छन् । प्रपन्नाचार्य (२०५१ ः १) पनि भन्छन्— ऋग्वेदको दशौं मण्डललाई किरातहरूसँग सम्बन्ध नजोडे मन्त्रको सङ्गतीकरणै हुँदैन भने किरातहरू ऋग्वेद कालमा थिएनन् भन्नु अबुझ कुरा हुन्छ । उनी प्राचीन कालमा किरात जाति मङ्गोलिया लगायत सम्पूर्ण एसियाभरि पैmलिएको अनुमान पनि गर्दछन् ।
कतिपय इतिहासकारले विश्वको दोस्रो ठूलो धर्म बौद्ध धर्मका प्रवर्तक गौतम बुद्ध नै किरात कुलका दिपक रहेको अनुमान गरेका छन् । साथै भारतीय दर्शन, कला र संस्कृतिका धेरै पक्षमा किरात सभयताको छाप परेको अनुमान गरेका छन् । प्राग् ऐतिहासिक भारत किरात संस्कृतिको झण्डा बोकेर ऐतिहासिक युगमा पदार्पण गरेको विश्वास गरिन्छ र हिन्दु धर्मका अधिकांश आधारशीला किरातहरूले खडा गरि दिएको अनुमान समेत गरिन्छ (रामचन्द्र, २०६४,४) । ऋग्वेदमा उल्लेख गरिएका कतिपय ऋचा र मन्त्र किरातहरूको ऋसिया र मुन्धुमसँग मिल्ने हुँदा उपर्युक्त अनुमानले बल प्राप्त गर्दछ ।
१.३. प्राचीन कालमा किरात जाति
नेपालमा पाइने पुराना वंशावलीमा लिच्छविहरूको प्रवेशभन्दा पहिले काठमाडौँ उपत्यकामा किरातहरूको राज्य थियो भन्ने उल्लेख पाइन्छ । कर्कपेट्रिक महोदयले आफ्नो पुस्तकमा किरातहरूको वंशावली दिएका छन् जसमा २७ राजाको नाम उल्लेख भएको छ । यसमा पहिलो राजा येलुङ छन् भने अन्तिम राजाको नाम गलिजङ्ग देखिन्छ । अर्का विद्वान् राइटको पुस्तकमा दिएको वंशावलिमा २९ राजाको नाम आउँछ । राइटका अनुसार पहिला राजा यलम्बर हुन् भने अन्तिम राजाको नाम गस्ती देखिन्छ (जनकलाल,२०३९)।
प्राचीन समयमा किरात देश अथवा नेपाल विशाल थियो । मेरुतन्त्रर हिमवत् खण्ड आदिको अध्ययनबाट प्राचीन समयमा वर्तमान भारत पनि किरातदेशकै अङ्गका रूपमा थियो बुझिन्छ । । मेरुतन्त्र र हिमवतखण्ड अनुसार चीनदेश संभवत वर्तमान हिन्दचीन (लाओस, कम्बोडिया र भियतनाम), महाचीन (संभवत वर्तमान चीन) को मध्यभाग (तिब्बत र मध्यएशिया तर्फको क्षेत्र), नागदेश आदि पनि किरातदेश भित्रै पर्दथ्यो (रामचन्द्र,२०६४,४)। किरातहरूको लहरा खोज्दै जाने हो भने व्यापक रूपमा लहरिएको बुझिन्छ । किरातकै एउटा शाखा हंगेरीमा मगियार जातिको रूपमा रहेको मानिन्छ र ग्रिनलैण्डका एस्किमोहरूलाई पनि किरात अवशेषका रूपमा लिइन्छ (रामचन्द्र,२०६४,६)।
हडसनले पहिलेको किरात देश गङ्गादेखि आसामसम्म रहेको बताएका छन् । नेपालको सुनकोशीको उत्तर–पूर्व अरुण–तमोर क्षेत्रमा नागा जातिको बसोबास भएको प्रमाण भेटिन्छ र नागाहरू पनि किरात जाति मानिन्छन् (भूमि,२०६६,२०) । समयान्तरमा किरातदेश टुक्रिदै जाँदा अनेक राष्ट्रका नागरिक बन्न पुगे र विविध कारणहरूले किरात नाम भुल्दै छोड्दै गए र अनेक नाम धारण गर्दै गए (रामचन्द्र,२०६४,६)।
१.४ वर्तमान समयमा किरात जाति
मानवशास्त्री सुनीतिकुमार चटर्जीका अनुसार भोटबर्मेली भाषा परिवारका भाषा बोल्नेहरू किरात हुन् भनिएतापनि वर्तमान समयमा नेपालका राई, लिम्बू, याक्खा, सुनुवारले मात्र आफूलाई किरात भन्ने गर्दछन् । प्राचीन जाति किरातले मानव सभ्यतामा अमूल्य योगदान गरेका छन् । वर्तमान समयमा किरातहरू को को हुन् वा कुन कुन जातिहरू किरात हुन् ? खोजको विषय भएको छ ।
२. किरात संस्कृति
प्रकृति र पितृपूजक किरात जातिको धर्म र संस्कृति बारे अनेक धारणाहरू व्यक्त भएको पाइन्छ । यस्ता केही धारणाका बारेमा यस कार्यपत्रमा चर्चा गरिएको छ ।
२.१ किरात संस्कतिमा अन्तर
वर्तमान समयमा किरातहरू अनेक शाखा प्रशाखामा बाँटिए पनि उनीहरूको धर्म, संस्कृति प्राचीन किरात संस्कृतिभित्रै भएको देखिन्छ । स्वामी (२०५१,२९३) ले किरात धर्मलाई हिन्दुआर्यसनातन धर्म नै मानेका छन् । ऋग्वेदकालदेखि लिएर आजसम्म किरातहरूको धर्मसंस्कृति एकैनास चलि आई राखेको छ । किरातहरूको आफ्नो बोली बन्नु थालेपछि आआफ्नै बोलीभित्र पूजाआजा र काजकिरिया आदि गर्दै आए पनि आआफ्नो बोलीभित्र पनि उही वैदिक सनातन क्रियाकलाप प्रचुर मात्रामा प्रयोग भएको पाइन्छ । केही उपकरण वा केही सामग्री विशेषमा भने अवश्य अन्तर देखिन्छ । परन्तु त्यो नगण्य मानिन्छ । समाजबाट बेग्लिएर आआफ्नो समाज बनाउँदै जाँदा केही अन्तर पर्नु स्वाभाविक कुरा हो भनिन्छ । जनक लाल (२०३९, २८०) पनि किरात जातिका भिन्न भिन्न दलका बोली, संस्कृति र सामाजिक नियममा आज जुन साधारण अन्तर देखिन्छ त्यसको प्रधान कारण भौगोलिक मान्दछन् ।
२.२ किरातहरूको धर्म, संस्कार, परम्परा, चाडपर्व आदि
२.२.१ किरातहरूको धर्म र संस्कार
किरातहरूको प्राचीन धर्म किरात धर्म नै हो । किरातहरूको ऋसिया र मुन्धुम नै भारोपेली जनगणहरूको ऋचा र मन्त्र हुन पुगेको हो (रामचन्द्र, २०६४, १९३) । आज पनि राई लिम्बूको ठूलो हिस्साले मुन्धुमबाट नै आफ्नो सम्पूर्ण संस्कार र पूजा आजा गरि आएको पाइन्छ । हरेक धार्मिक र सांस्कृतिक क्रियाहरू ऋसिया र मुन्धुमद्वारा नै सम्पन्न गरिन्छ ।
आज राई लिम्बू किरातले आफ्नो धर्म किरात मुन्धुम धर्म हो भनि आएका छन् । गुरुङ, तामाङ, शेर्पा जातिले बौद्ध धर्म मानेका छन् । थारु, धिमाल, मगर, सुनुवार जातिले आफ्नो छुट्टै धर्मको नामाकरण गर्न सकेको छैन तापनि मुन्धुम धर्म जस्तै करिब करिब नजिक धर्मसँग नजिकिएको र महादेव पार्वतीलाई नै कुनै न कुनै रूपमा इष्ट देवी देवता मानि पुजेको देखिन्छ । तामाङ जातिले मालक खण्डो लादइनो (जगदम्बा), चतुर्मुखी ब्रह्म (फावाच्याइरेसी), पञ्चभगवान (साइगेरिडा), ब्रह्म, विष्णु, महेश (कुशुङथु) को रूपमा मान्दछन् । बौद्ध धर्म मान्ने गुरुङ, तामाङ, शेर्पाले पनि आफ्नो प्राचीन धर्म संस्कार छाड्न सकेको छैन (रामचन्द्र, २०६४,१०३) ।
किरातहरू पितृपूजक पनि हुन् । उनीहरू पितृ पूजालाई राईहरू ‘चाछुवा’ र लिम्बू किरातहरू ‘चासोक’ भन्दछन् । चाछुवा चासोक माङपा फेदाङमाले गर्दछ । माङपा फेदाङमा राई लिम्बू किरातहरूको पुरोहित हो ।
धर्मशास्त्रमा उल्लिखित सोर संस्कारहरूलाई भारोपेली जनगणहरूले आफ्नो भनी दाबी गरेका छन् । पुत्रेष्टि अनुष्ठान (गर्भाधान) देखि लिएर मृत्यु पर्यन्त गरिने १६ वटा संस्कारहरू निम्न प्रकार छन्— १. गर्भाधान २. पुंसवन ३. सीमन्तोेन्नयन ४. जातकर्म ५. नामकर्म ६.निष्क्रमण ७.अन्नप्रासन ८.कर्ण वेध ९. चूडाकर्म १०. केशान्त ११.विद्यारम्भ १२.उपनयन १३. वेदारम्भ १४. समावर्तन १५. विवाह १६. अन्तेष्टि ।
धर्मशास्त्रमा उल्लिखित १६ संस्कारमध्ये उपनयन र केशान्त बाहेक अन्य संस्कारहरू किरातहरूले प्राचीन समयदेखि गरी आएकै देखिन्छ । अघि किरातहरूले पनि उपनयन संस्कार गर्थे भन्ने पनि कुरा उठेको छ । सो कुरा अनुसन्धान अन्वेषण गर्नेहरूले निचोड निकाल्ने नै छन् । यो उपनयन संस्कारसँग मिल्दोजुल्दो किरात समाजमा बालबालिकालाई वालिग भएको घोषणा गरी कानुनी अधिकार र कर्तव्य प्रदान गर्ने राईहरूको ‘तितपुमा बोब्बि’ र लिम्बूहरूको ‘चोलुङथिम’ संस्कार गर्ने गरेको पाइन्छ । अन्य संस्कारहरू सबै किरातहरूले प्राचीन समयदेखि गरेर कतिपय छोडेतापनि कतिपय आज पर्यन्त गरी रहेकै छन् । फरक कति छ भने यी संस्कारहरू आफ्नै पुरोहितद्वारा सम्पन्न गराउँछन् (रामचन्द्र,२०६४,१३९)। किरात पुरोहितहरूलाई माङ्पा, फेदाङमा भनिन्छ ।
२.२.२ किरात जातिका समाजिक मान्यता
किरातहरूमा स्त्री जातिलाई देवी सरह मानिन्छ । किरात समाजमा गृहिणीलाई नै घर मानिएको र गृहिणी विनाको घर नै हुँदैन भनिन्छ । घरको ढुकुटीको तालाचाबी गृहिणीको जिम्मामा रहन्छ ।
राई किरातहरू आपूmलाई सुम्निमा पारुहाङको र लिम्बू किरातहरू युमासाम थेवासामको सन्तान हौँ भन्दछन् । उनीहरूले सुम्निमा पारुहाङ, थेवासाम युमासामलाई आफ्नो इष्ट देवीदेवता मान्दछन् । सुम्निमा पारुहाङ, थेवासाम युमासाम को हो भन्दा महादेव पार्वती हो पनि भन्दछन् ।
राई किरातहरूको घरमा तीनवटा ढुंगाको चुलो हुन्छ । जसलाई थुतुलुङ, हुतलुङ र सुतलुङ भनिन्छ । लिम्बू किरातहरूले सुम्जिली सुम्हालुङ भन्दछन् । थुतुलुङ, हुतलुङ र सुतलुङ भनेको ब्रह्म, विष्णु र महेश जो हिन्दुहरूको त्रिदेव अर्थात् सृृष्टि,स्थिति र संहारको प्रतीक हो । लिम्बू किरातहरूको सेजोनुले सृृष्टिको रूप बुझाउँछ । किरातहरूले चुलामा आगो निभ्नु हुँदैन भन्ने मान्यताले गर्दा चुलोमा अगुल्ठो घुसारेर आगो बचाइ राख्छन् । किरात संस्कारमा चुलोको अत्यन्त ठूलो महत्त्व रहेको हुन्छ । छोरी चेलीहरूको विवाह भएपछि चुलोबाट निकालिन्छ भने नयाँ बुहारीहरूलाई चुलोमा हुलिन्छ र अन्य धार्मिक र संस्कृतिसम्बन्धी कार्यहरूमा चुलो आवश्यक हुन्छ ।
२.२.३ किरातहरूको चाड पर्व
किरातहरूले विभिन्न चाड पर्वहरू मान्ने गर्छन् । ती चाडमध्ये राईहरूको साकेला र लिम्बूहरू चासोक तङनाम प्रमुख बन्न गएको देखिन्छ । दशैँलाई धेरै किरातहरूले मान्न छाडेका छन् तर तिहार भने सबैले मानेको पाइन्छ ।
२.२.४ किरात भेषभूषा, गरगहना, बाजा र नाचगान
नेपाली पुरुषहरूको राष्ट्रिय पोशाक दौरा सुरुवाल र टोपी किरात राईहरूकै प्राचीन पोशाक भएको तथ्य धेरै विद्वान्ले मानेका छन् । महिलाहरूको चौबन्दी चोलो र फरिया पनि किरातहरूसँगै जोडिन आउँछ । नेपाली गहनाहरू बुलाकी, ढुङ्ग्री, नौगेडी आदि गहनाहरू किरातहरूमा प्रचलित छन् ।
ढोल झ्याम्टा, यलम्बर बाजा, बिनायो, मुर्चुङगा आदि बाजाहरू किरात जातिका देन हुन् । किरातहरू कला र मनोरञ्जनपे्रमी भएकैले किरातहरूको अनेकौँ नाचहरू साकेला, धान नाच, ढोल नाच आदि उल्लेखनीय रहेको छ ।
२.२.५. किरात भाषा र लिपि
प्राचीन कालमा किरात भाषा र लिपि विकसित अवस्थामा रहेको मानिन्छ । त्यही किरात भाषा र लिपिको माध्यमबाट अनेकौं उल्लेख्य कार्यहरू भएको हुन सक्छ । काठमाडौंमा पाइएको किरात लिपिको शिलालेख आजसम्म पढ्न सकिएको छैन तर त्यसले किरात लिपि र भाषा थियो भन्ने प्रमाणित गर्छ ।हाल राई लिम्बूहरूले श्रीजङ्गा लिपिप्रयोग गरिरहेका छन् । भाषाको क्षेत्रमा पनि किरातहरूको अनेकौं भाषा रहेको छ । किरातहरूमध्येका राईहरूका २८वटा भाषा राईका विभिन्न पाछाहरूले बोलिरहेको पाइन्छ ।
३ निष्कर्ष
किरातहरूको आफ्नै रीतिरिवाज, प्रथा, परम्परा, संस्कृति, धर्म र सभ्यता थियो – छ । विशाल किरातदेशमा आवाद किरातहरूको रीतिरिवाज प्रथा, परम्परा, संस्कृति, धर्म र सभ्यता एकै प्रकारको हुनु सम्भव थिएन । त्यसमाथि संस्कार र आचरणको संंकीर्ण घेराभित्र आपूmलाई राख्न नरुचाउने उदात्त हृदयका किरातहरूको सभ्यतामा अन्य सभ्यताहरू पनि मौलाउदै गए होलान् । विशाल क्षेत्रमा आवाद हुन पुगेका किरातहरूको भौगोलिक जलवायु, समय र अन्य विविध कारणहरूले उनीहरूको संस्कृति र सभ्यता पनि विविध हुन पुगेको निश्चित छ । त्यसरी नै उनीहरूको नाम पनि विविध रहदै गएको बुझिन्छ । अझ सानो सानो टुक्रामा विभाजित हुँदै जाँदा आफ्नो रीतिरिवाज, संस्कार र सभ्यता पनि भुल्दै गएकोले अर्काको रीतिरिवाज, संस्कार र सभ्यता पनि अँगाल्दै गएको पनि हुन सक्छ ।
किरातहरूको बारेमा गहिरिएर अध्ययन गरी हेर्दा उनीहरूले जीवन यापनको सिलसिलामा मानव उपयोगी अनेक कुराहरूको अन्वेषण र प्रतिपादन गरी समाजलाई सुम्पेको र उन्नत धर्म, संस्कार, विचार आदि प्रतिस्थापन गरी समाजलाई न्यायपूर्ण बनाएको पाइन्छ ।
किरातहरू वैदिककाल पूर्वका जनगण हुन् । वेदमा किरातहरू कतै पुरोहितको रूपमा देखिन्छन् त कतै देवताको रूपमा स्थापित छन् । कतै राजा महाराजाको रूपमा देखिन्छन् । त्यहाँ किरातहरू शुद्रको रूपमा देखिँदैनन् ।
किरातहरूले विश्वमा मानव सभ्यताको बीजारोपण गरेको हुनाले नै धुस्वा सायमी लेख्नु हुन्छ– ‘‘परम्पराअनुसार किरातीहरूले नेपालमा सर्वप्रथम मानव सभ्यताको विगुल फुकेको मान्नु पर्छ । अर्को शब्दमा किरातीहरूले अपनाएको धर्म संस्कृति नेपाली धर्म संस्कृतिको प्रवेश द्वार हो ।’’ त्यसरी नै बालचन्द्र शर्माको ठहर छ— ‘‘किरातहरूको पालादेखि नेपालको मौलिक आर्थिक, सामाजिक र धार्मिक क्रम बसिसकेको, नेपालको जातीय र राष्ट्रिय जीवनको अंकुर भएको, किरातहरूको शासन नै नेपाली संस्कृतिको उत्पति हो ।’’
हिन्दुहरूले मानेको देवीदेवता सबै किरातहरूकै देवीदेवताहरू हुन् । किरातहरूले मानि आएको देवीदेवतालाई नै अर्कै नाम रूप दिइ उनीहरूले मानेका छन् (रामचन्द्र,२०६४,१०७)।
अन्तमा, विश्वका किरातहरूले सूक्ष्मातिसूक्ष्म रूपमा आफ्नो धर्म संस्कृतिको समीक्षा गरेर सहि धर्म र संस्कृति अवलम्बल गर्नु पर्ने स्थिति आएको छ । अब किरातहरूले यस्तो धर्म र संस्कारलाई अवलम्बन गर्नु प¥यो जसले किरातहरूलाई एक सूत्रमा बाँधेर अझ उन्नत सभ्यतातर्फ लैजाओस् । अब किरातहरूले अवलम्बन गर्ने धर्म र संस्कृति अन्धविश्वासमा आधारित नहोस् र जातपातको भेदभावबाट मुक्त रहोस् । त्यो धर्म र संस्कृति वैज्ञानिक होस्, भौतिकवादी होस्, सार्वभौमिक र सार्वकालिक होस् । किरात लगायतका सम्पूर्ण मानव मात्रका कल्याणकारी होस्, प्रगतिशील होस् ।
सन्दर्भ सामग्री
राई,ईश्वरकुमार (२०६८),‘‘किरात राई र भाषासंस्कृति ः समाजशास्त्रीय अध्ययन’’दृष्टिकोण, धरान ः महेन्द्र बहुमुखी क्याम्पस ।
शर्मा, जनकलाल (२०३९),हाम्रो समाज ः एक अध्ययन, काठमाडौँ ः साझा प्रकाशन ।
साम्पाङ,भूमि ((२०६६),खम्बू र खम्बूवान, बाबुराम ‘काइला’ राई ।
प्रपन्नचार्य, डा. स्वामी (२०५१) प्राचीन किरात इतिहास, ।
थुलुङ,सम्माननीय नारद मुनि (२०४६),किराँतको नालिबेलि, अङ्गुर कन्दङ्वा ।
हतुवाली,चन्द्रकुमार (२०६४)साकेन्वा, काठमाडौं ः बान्तावा अनुसन्धान प्रतिष्ठान।
रामचन्द्र राई (रूपाबुङ्ग) (२०६६), प्राचीन किरातहरूले छाडेका सम्पदाहरू, तेह्रथुम ः यशोधा खापुङ्ग।
Chatterji, Sunitikumar (1974)Kirat Jana Krti, The Asiatic Society
(नेपाली संस्कृति :अन्तर्राष्ट्रिय संगोष्ठी , असम र किरात बान्तावा (राई) भाषा तथा संस्कृति उत्थान प्रतिष्ठान ( किरात राई बान्तावा खिम)को अन्तरक्रियात्मक संगोष्ठीमा प्रस्तुत कार्यपत्र  )

Wednesday, January 7, 2015

आज मलाई मन प¥यो — २०

आज मलाई मन प¥यो — २०
सरण राई
मैले साथी बृखबहादुर राईकोबाट थुप्रै पुस्तकहरू ल्याएर पढेको छु । आज पनि उनले पढ्न दिएका पुस्तक बालिका थपलियाद्वारा अनुवाद वा पुनर्लेखन गरिएको ‘नेलसन मण्डेला’ पढेँ । ‘ नेलसन मण्डेला’का मलाई मन परेका कुराहरू जो व्यस्तता वा अन्य कारणले पूरै पुस्तक पढन असमर्थ हुन्छन् उनीहरूका लागि केही उद्दरणहरूः—
दक्षिण अफ्रिकाका रङ्गभेद नीतिको अन्त्यका लागि २७ वर्षसम्म कठोर कारावास जीवन बिताएका नेलसन मण्डेला सङ्गर्ष र स्वतन्त्रताका प्रतिमूर्ति हुन् । आफ्नो व्यक्तिगत स्वार्थलाई थाती राखेर उनी सदैव अफ्रिकी उत्पीडित जनताका लागि समर्पित भइरहे । प्रजातन्त्र र मानवअधिकार बहालीका सङ्घर्षमा अथक योद्धा नेलसन मण्डेला नोबेल शान्ति पुरस्कारबाट समेत सम्मानित भएसकेका छन् ।
उनको आत्मकथा पढेर आम पाठकले आफ्नो आत्मविश्वासको उजागर र उत्खनन गर्न सक्छन्् । सङ्घर्ष नै जीवनको मूल मन्त्र मान्ने नेलसन मण्डेला वर्तमान युगका नायक हुन् । त्यसैले जीवनमा केही गर्न चाहनेहरूका निम्ति यो पुस्तक प्रेरणादायी साबित हुनेछ । ( सोही पुस्तकको आवरणबाट )
(पहिलो प्रेम)
... मेकेजवेनीमा आएको शुुरुशुरुमा मेरा केही साथीले म उक्त भवनको वातावरणसँग तालमेल मिलाउन नसक्ने गाँउले सम्झिन्थे । हरेक नवयुवकले जस्तै मैले पनि आपूmलाई सभ्य र परिष्कृत देखाउन भरमग्दुर प्रयास गर्थे । एकदिन चर्चमा मैले एक प्यारी नवयुवतीलाई देखेँ । ती आदरणीय मटयोलोका छोरीमध्ये एक थिइन् । उनको नाम विनी थियो । मैले उनलाई आफ्नो साथमा बाहिर जानका लागि अनुरोध गरेँ, उनले स्वीकारी हालिन् । उनी मसँग नजिकिनमा रुचि लिन्थिन् तर उनकी ठूली दिदी नोमापाण्डो मलाई अत्यन्त पछाडिएको सम्झिन्थिन् । उनले विनीलाई ‘म गवाँर हुनुका साथसाथै मटयोलोको छोरीको सङ्गतको लागि योग्य छुइनँ’ भन्ने बताइन् । उनले आफ्नी सानी बहिनीसमक्ष मेरो असभ्यता र निकृष्ट रूप देखाउनको लागि उनको घरमा खाना खानका लागि आमन्त्रित गरिन् । मैले घरमै खाना खाइसकेको थिएँ । हामी खाना खाँदा छुरी र काँटाको प्रयोग गर्दैनथ्यौँ । भोजनको निम्ति भएको पारिवारिक जमघटमा उनले मलाई एउटा प्लेट समात्न लगाइन् । जसमा कुखुराको मासुको एक टुक्रा थियो । मासु हड्डीमा बेस्सरी टाँसिएको कारण छुटाएर खान सकिनँ । अरु मानिसले छुरी काँटा चलाएको देखेर आपूmले पनि चलाएँ र हड्डीबाट मासु निकाल्ने प्रयत्न गरेँ । प्लेटमा छुरी काँटा झनझनाइरहे तर म असफल भएँ । मैले बारम्बार यस्तो कार्य गर्दा विनीकी दिदीले मतिर हेरेर हाँसिरहिन् । सायद उनी आफ्नी बहिनीलाई ‘आपूmले सही कुरा गरेको’ भनेर प्रमाणित गर्न चाहन्थिन् । म प्रयास गर्दागर्दै पसिनाले लतपतिएँ तर पनि आफ्नो हार स्वीकार्न राजी भइनँ । त्यसैले मैले त्यो मासुको टुक्रालाई हातमा राखेँ । समग्रमा मैले त्यो दिन मासु राम्ररी खान सकिनँ ।
यो घटनापछि ठूली बहिनीले सानी बहिनीलाई ‘‘यदि तिमीले यो गवाँर केटोसँग प्रेम ग¥यो भने आफ्नो जीवन नष्ट गर्नेछ्यौ ।’’ तर विनीले उनको परामर्श नमान्दा म एकदम प्रसन्न भएँ । उनले म गवाँरलाई नै प्रेम गरिन् । अन्तत हामी अलगअलग बाटोतर्पm लाग्यौँ । उनी कुनै अन्य स्कुलमा शिक्षा प्राप्त गरेर योग्य शिक्षिका बनिन् । केही वर्षसम्म हामीले प्रेमपत्रको आदान प्रदान गरिरह्योैँ । पछि उनको ठेगाना नै पाउन छाँडेँ । पछिपछि मलाई काँटा–छुरी चलाउन मज्जाले आयो तर त्यसबेलासम्ममा उनी मेरो साथमा थिइनन् ।
(पृष्ट–२८,२९)
(पौरुषत्व प्राप्तिको लागि शल्यक्रिया)
म सोह्र वर्ष पुगेपछि राजाले मलाई वयस्क पुरुष बनाउन योग्य सम्झिए । खोसिएकाहरूको प्रथा अनुसार केवल लिङ्गको शल्यक्रिया गरेपछि मात्र व्यक्तिलाई पुरुष मानिन्छ । यो कार्य नगरी उसले आफ्नो बुबाको सम्पत्तिको उत्तराधिकारी बन्न सक्दैन र विवाह पनि गर्न सक्दैन । जातिय प्रथाको अनुसार कुनै अनुष्ठान सम्पन्न गर्ने अधिकार पनि उसलाई हुँदैन । त्यो कार्य नगरी उसलाई पुरुष नमानीकन केटो नै मानिन्छ । खोसिएका मानिसको लागि यसो गर्नुलाई पुरुषको समाजमा सम्मिलित भएको आधार मानिन्छ । यो एक शल्यक्रियामात्र नभएर मर्दानगीको तयारीको लागि लामो र जटिल अनुष्ठान हो । आफ्नो चलनअनुसार मैले पनि यो कार्य गरेपछि मात्र आपूmलाई पुरुष बन्नको लागि योग्य ठान्छु ।
.... हामीले सबेरै नुवाइधुवाइ ग¥यो । बिस्तारै हाम्रा अभिभावक ता नातागोता भेला हुँदै गए । हामीले शरीरमा कपडा मात्र बेरेका थियौँ । समारोह शुरु हुनुभन्दा पहिला हामीलाई जमीनमा बिछ्याइएको बिछ्यौनामा गोडा फारेर बस्ने आदेश दिइयो । शलयक्रिया गर्नु बहादुरी र आत्मसंयमको उदाहरण मानिन्छ । यसको कुनै ओखती छैन । व्यक्तिले यो पीडा चुपचाप सहनुपर्छ ।
एक वृद्ध व्यक्ति हामीलाई शल्यक्रिया गराउन नजिक आए र हाम्रो सामुन्ने झुके । धार्मिक अनुष्ठान शुरु भएको बुझेर म उत्सुकताले काँम्न थालेँ । ती वृद्धले अरुलाई जस्तै गरेर मेरो लिङ्गको आवरण छाला समातेर एकै झट्कामा तेजिलो धार भएको भालाले चुटाइदिए । मलाई त्यतिबेला नशा नशामा आगो बलेझैँ लाग्यो । पीडाले केही क्षण रन्थनिएँ । अनि निक्कै समयपछि अरुजस्तै गरेर चिच्याएँ, ‘‘ म पनि मर्द भएँ ।’’ म अरु साथीभन्दा कमजोर भएकोमा एकदम दुःखी भएँ । त्यतिबेला म बच्चाजस्तै पीडाले चिच्याएको थिएँ तर म मर्द भएको नाताले पीडालाई पिउनुपर्ने थियो । आखिर बच्चा र जवानमा यही त फरक छ ।
अब म लिङ्गको टुप्पोको छाला काटिएका अन्य पुरुषका समान आफ्नो इच्छाले जीवन जीउन अधिकारप्राप्त बनेको थिएँ । अब म विवाह गरेर घर बसाउन सक्थेँ । खेतमा हलगोरु जोत्न सक्थेँ । अब म जातीय समितिको सदस्य बन्नुका साथसाथै आफ्नो विचार अरुलाई गम्भीरतापूर्वक सुनाउन सक्थेँ । समारोहमा मेरो पौरुषत्वको नाम ‘दालीभुङ्गा’ राखिएको थियो । मेरो पहिलाको नाम रोलिहल्लाला र नेलशनभन्दा मलाई त्यो नाम एकदम मन पर्थे ।
(पृष्ट–३०,३१,३२)
(अन्य उद्दरण)
म गरिबीको बारेमा विशेष त बताउन सक्दिन तर गरिबीले हामीलाई एक्लै र असहायमा रूपान्तरित गरिदिन्छ । हामी धनी छौँ भने सबै मित्र बन्छन् तर गरिबसँग मित्रता गाँस्ने कमै हुन्छन् । धन चुम्बक हो भने गरिबी धिनलाग्दो तत्व हो तर यसकै कारण अरुको वासतविक सहानुभूति पनि पांप्त गर्न सकिन्छ । (पृष्ट–५६,५७)
‘‘अझै लक्ष्य निक्कै टाढा छ, बाटोभरी अवरोध छ ।’’ लोकोक्ति
(पृष्ट–५८)
व्यक्तिगत विकासका निम्ति शिक्षा साह्रै ठूलो साधन हुन्छ । शिक्षाको बलले नै किसानकी छोरी डाक्टर बन्छिन्, खानी मजदुरको छोरो कुनै खानीको मालिक बन्न सक्छन्, किसानको छोरा कुनै राष्ट्रको राष्ट्रपति हुनु शिक्षाकै परिणाम हो ।
(पृष्ट–९५,९६)
तपाईँ गरिब भए पनि, घर भत्किएको भए पनि गीतले तपाईँको निराशा फालेर मनमा आशा जगाइदिन्छ ।
(पृष्ट–१०१)
कुनै पनि देशलाई त्यतिबेलासम्म मूल्याङ्कन गर्न सकिदैन जति बेला त्यसको जेल नियालिँदैन । कुनै पनि देशले उच्चतम नागरिकलाई गरिने व्यवहारभन्दा न्युन स्तरको नागरिकलाई कस्तो व्यवहार गर्छ त्यसको आधारमा देशलाई परिभाषित गरिन्छ ।
(पृष्ट–११०)
बृटिश साम्राज्यवादसँग म घृणा गर्थे । तर उनीहरूको शिष्टाचार र शैलीलाई मैले अस्वीकार गरिनँ । (पृष्ट–१८७)
‘‘ कुनै पनि क्रान्ति केवल बन्दुक चलाएर मात्र पूरा हुँदैन । क्रान्तिको खास उद्देश्य समझदार र सुन्दर समाजको निर्माण गर्नु हो ।’’ (पृष्ट–१८९)
मलाई अन्त्यमा शेक्सपियरको एउटा पक्ति याद आयो, ‘‘मृत्युको लागि निरपेक्ष बन, तब मरण या जीवन पनि निरपेक्ष बन्नेछ ।’’(पृष्ट–२१९)
म बगैँचाको जीवनलाई अनेक दृष्टिकोणको रूपक मान्थेँ । नेताले पनि आफ्ना नागरिकलाई बगैँचासरी नै स्याहार्नुपर्छ भन्ने सोच्थेँ । (पृष्ट–२६१)

Monday, November 3, 2014

आज मन पर्यो_१९

आज मन पर्यो_१९

सरण राई

मैले साथी बृखबहादुर राईकोबाट थुप्रै पुस्तकहरू ल्याएर पढेको छु । आज पनि उनले पढ्न दिएका पुस्तक विजय कुमारको ‘खुसी’ पढेँ । ‘खुसी’का मलाई मन परेका कुराहरू जो व्यस्तता वा अन्य कारणले पूरै पुस्तक पढन असमर्थ हुन्छन् उनीहरूका लागि केही उद्दरणहरूः—

यो बघिया भाले हो । खसी बनाइएको भाले । बच्चा छँदै सिउर काटेर खसी पारिएका भाले । स्वाद गजब हु्न्छ.. । (पृष्ट –२९)

पूर्णतामा बाँचेको जीवन भन्नु एकोहारो, एकैखाले घटनाको समजोड होइन । अनेकौं परस्पर विपरित रङ्ग मिले पो इन्द्रेणी । तातो घाममा नहिँडेको मानिस शितलताको महत्वलाई कसरी बुझ्न सक्छ ? जाडोमा नकठ्याङ्ग्रिएको कसैले न्यानोपनलाई त्यसको सम्पूर्णतामा कसरी अनुभूत गर्न सक्छ र ?(पृष्ट –३३)

प्रतिभावान तिनै हुन्, जसले आफूसित भएको सबै क्षमता प्रयोग गरेर रित्याएका हुन्छन् । अमेरिकी स्तम्भ लेखक इरमा बोम्बेकका रहरलाग्दो कथन छ :
‘आफ्नो जीवनको अन्त्यमा परमात्माका अगाडि खडा भएर भन्न सकूँ— भगवान, तिमीले मलाई जेजति प्रतिभा दिएका थियौ । मैले एक थोपा पनि बाँकी नराखी सबै प्रयोग गरेँ ।’ (पृष्ट –४० )

यी महान् बैज्ञानिक (अल्बर्ट आइन्सटाइन) भन्छन्— ‘मसित कुनै विशेष प्रतिभा छैन । म आफ्नो रुचिको विषयमा ज्यादै उत्सुक छु । कुरा त्यति मात्र हो ।’ (पृष्ट –४२)

राधाकृष्णनका शब्दमा ‘समयलाई त्यसको लम्बाइबाट होइन, गहिराइबाट नापिनुपर्छ ।’ कसैसँग बिताएका केही पल अरु कसैसँग बिताएको सिङगो जुगभन्दा सार्थक हुन्छन् । छाप समयको गहिराइले पार्छ न कि लम्बाइले । (पृष्ट –४३)

मनिस आफूसित बाहेक अरु कोहीसित आजन्म साथ नबस्ने रहेछ | (पृष्ठ -४५)

हिलारीको महावाक्य सम्झन्छुः
‘एभरेष्ट चढ्नुभन्दा त्यसको टुप्पोमा टिकिरहन मुस्किल छ । शिखर हमेसा साँघुरो हुन्छ । त्यहाँ एकैपटक धेरै मानिस अटाउँदैनन् । यो कुरा पर्वतारोहणका निम्ति मात्र होइन, जीवनको हरक्षेत्रमा लागू हुन्छ ।’ (पृष्ट –६७)

कर्मचारीतन्त्रमा मोज त हमेसा एउटैखालेले गर्छन् भन्ने बुझ्न मलाई गणतन्त्र पर्खन प¥यो । (पृष्ट –६८)

क्रोध भनेको सलाईको काँटीजस्तो हो । अरुलाई जलाउनुभन्दा पहिले आफैलाई जलाउँछ । (पृष्ट –९९)

बेलायती इतिहासकै महान् प्रधानमन्त्रीमा गणना हुने बेन्जामिन डिजराइलीले भनेका छन् —‘सृजनात्मक प्रचार नभइकन जनसमर्थन प्राप्त हुँदैन । जनसमर्थन नभए हरेक राष्ट्रको क्षयीकरण मात्र हुन्छ ।’ (पृष्ट –१००)

उर्दुमा एउटा शेर छ— ‘धुलो त आफ्नो मुहारमा जमेको थियो, ऐना पुछ्दै जीवन बिताएँ ।’ (पृष्ट –१४४)

संसारमा तीन प्रकारका प्रसिद्ध छन् । पहिलो, राजा महाराजा र तिनका सन्तान जो जन्मदै जमदार । अर्बपतिका सन्तान, जन्मदै मालामाल ।
दोस्रोथरि, यस्ता जसले महत्वाकाङ्क्षा हासिल गर्न जीवनको सास बडा गणितीय हिसाबकिताब गरेर लिए । प्रत्येक पाइला डेबिटक्रेडिट हिसाब गरेर चाले । अन्ततः पदमा पुगे, पैसा कमाए वा प्रसिद्ध भए । धेरैजसो महत्वाकाङ्क्षी नेता र व्यापारी यो श्रेणीमा पर्छन् ।
तेस्रोथरि, जो ‘नामी हुन्छु’ भन्ने कुनै योजनाअनुसार चलेका नभएर निष्ठापूर्वक काम गर्दै जाने क्रममा ‘प्रसिद्धि’ सित ठोकिन पुगे । प्रसिद्धि उनीहरूको जीवनमा ‘एज अ बाइप्रडक्ट’ आइलागेको हुन्छ । (पृष्ट –१६६)

मार्क ट्वेनको वाक्य छ— ‘कुनै आम मानिस बाँकि संसारका निम्ति कोही नहुन सक्छ । तर त्यही आम मानिस, कसैका निम्ति भने सारा संसार हुन सक्छ ।’ (पृष्ट –२११)

मेरो दयनीय हालत देखेर नाम्खा रिम्पोचेले मुस्कुराउँदै भने :
...‘विजय । तिम्रो मात्र होइन, धेरै मानिसको समस्या के भने उनीहरू पहिला आफ्नो मित्र नबनीकन अरुको मित्र हुन चाहन्छन् । आपैmलाई नचिनीकन धेरैलाई चिन्न चाहन्छन् । अलिकति सकारात्मक सोच राखेर हेर त, तिम्रा कति धेरै मित्रहरू छन् र उनले तिमीलाई कति धेरै प्रेम दिएका छन् । अलि सोच त !’ (पृष्ट –२६४)
सिएस लेविस भन्छन्ः ‘मित्रता अनावश्यक छ, नभए पनि जीवन चल्छ । ठीक त्यसरी जसरी घरको गमलामा फूल नभए पनि जीवन चल्छ । पेट भर्ने होइन फूलले । बाँच्नका लागि पनि मित्रताको आवश्यकता छैन । तर बाँच्नुको अर्थ बुझ्नचाहिँ मित्र अनिवार्य छन् ।’ (पृष्ट –२६६)

नेपाल भनेको आफ्नो जिउमा सानो घाउखत पनि नकोरियोस्, अरु सहिद भएको समाचार दिनहुँ सुन्न पाऊँ भन्ने मानसिकताको देश हो । तँलाई पनि सु¥याउँदा सु¥याउँदा बलिबेदीमा पु¥याउलान् भातेहरूले । होस राखेस् । आज बाँचेस ता कि भोलि देख्लास् । बुझिस् टिम्मुरे ?’
‘बुझेँ दाइ’ भन्न नपाउँदै रूपचन्द्र बिष्ट हिँडिसकेका थिए । (पृष्ट –२७०)
२०७१।८।१८। धरान

Sunday, September 14, 2014

आज मलाई मन प¥यो—१८

आज मलाई मन प¥यो—१८
अच्युत कोइरालाद्वारा लेखिएको ‘आङ सान सुची’ पढ्दा प्रेरणा प्राप्त हुनुकासाथै नयाँ जानकारीहरू पनि प्राप्त हुन्छ ।

....राजनिती मेरो छनोट थियो । म राजनीतिमा नछिर्न पनि सक्थे, म आरामपूर्वक बेलायतमा जिन्दगी बिताएर अरुले जस्तै सैनिक सरकारको गाली गर्दै बस्थेँ होला तर मनले मानेन । देशको बारेमा बाहिर बसेर चिन्तित हुँदै देश चलाउनेहरूलाई गाली गर्नु भन्दा आफैँ आएर देश बनाउने अभियानमा लाग्नु पर्छ भन्ने लाग्यो । र, यतिका वर्षपछि मलाई लाग्छ, मेरो छनोट गलत थिएन । (पृष्ट — ८)
...देश बनाउनलाई भिड किन चाहिन्थ्यो र ? एउटा गतिलो राजनेता भए पुग्थ्यो । (पृष्ट — ३५)
सु र  कान्छो दाइ ज्यादै मिल्थे । राति अबेरसम्म खुसुर खुसुर कुरा गरिरहेका हुन्थे । जब सु आठ वर्षकी भइन् र लिन (कान्छो दाइ) नौ वर्षका थिए, सन १९५३ को जनवरी १६ को दिन जीवनकै सबैभन्दा खराब दिनका रूपमा दर्ता भयो । नक्कली बन्दुक खेलिरहेका लिन खेल्दै घरबाहिर पुगेका बेला र एक्कैछिन सु पनि कामले घरभित्र छिरेका बेला लिन घरअगाडिको एउटा पैनीमा छिरे । गहिरो पानी जमेको त्यो सानो पोखरीजस्तो ठाउँमा छिरेका उनी निस्कन सकेनन् । निक्कैपछि त्यो सानो पोखरीमा लिनको शरीर निष्प्राण तैरिरहेको थियो । ‘सानदाइको म धेरै नजिक थिएँ.. मेरो जीवनको सबैभन्दा ठूलो दुःख त्यही थियो ...आज मेरो सानदाइ भईदिएको भए, ऊ बर्माको महान् नेता हुन्थ्यो ।’ (पृष्ट — ४६)
स्वतन्त्रताको स्वाद लिँदै एक हुनु र असन्तुष्टीका बीच सेनाले सबैलाई न्याकेर एक बनाउनु भिन्न कुरा रहेछ भन्ने कुरा दाँच्ने अवसर भारतमै रहँदा सुले पाइन् । (पृष्ट — ५०)
‘कहिलेकाहीँ जिन्दगीमा पाएको असीम पीडाले जिन्दगीलाई बुझ्न सहयोग पु¥याउँछ र जिन्दगी सहजपूर्वक बिताउन मद्दत गर्दछ । जहिले पनि मानिसले अप्ठेरो अवस्थामा भोगेको पीडाबाट नै बुद्धिमता प्राप्त गर्ने गर्दछ । एकान्तबासले नै मलाई आफैँले खोज्न नसकेका केयौँ कुराहरू खोज्न मद्दत ग¥यो । रविन्द्रनाथ टैगोरको ‘एकला चलो’ कविताले मलाई ठूलो प्रेरणा दिएको छ ।’
यदि तिमीले बोलायौ र जवाफ पाएनौ भने , एक्लै हिँड
तिनीहरू डराए र भित्तातिर हेर्न थाले भने
ए कमजोर भाग्य भएका तिमी
तिम्रो सोच खुला राख र एक्लै बोल
तिनीहरू तिमीलाई पिठ्यूँ देखाएर गए, तिमीलाई एक्लो बनाए र घना जङ्गलमा हरायौ भने
ए कमजोर भाग्य भएका तिमी
तिनले रोपेका काँडा कुल्चदै अघि बढ
रक्तपिच्छे भएका गोडा घिसार्दै अघि बढ र एक्लै हिँड
अँध्यारो रात्रिमा आँधिले सताएका बेला तिनले तिम्रा लागि उज्यालो बालिदिएनन् भने
ए दुःखी मनुवा
मनमा उर्लिएका आफ्नै पीडालाई चट्याङको उज्यालोमा बाल्दै
र, एक्लै बल्दै अघि बढ ...
 (पृष्ट — १३४,१३५)
मैले यतिका वर्ष जब एकान्त बास बसेँ, त्यसको सकारात्मक पक्ष ... बुद्धले भन्नु भएका ६ वटा मूल दुःखका बारेमा अनुसन्धान गर्ने  अवसर पाएँ । जन्मनु, वृद्ध हुनु, बिरामी पर्नु, मर्नु, नजिकका मानिसहरूसँग छुट्टिनु, आफूलाई प्रेम नगर्नेहरूबाट घेरिएर अप्रेमको अवस्थामा जीवन गुजार्नु । मैले यी सबै दुःखलाई नजिकबाट परीक्षण गर्ने अवसर पाएँ । । (पृष्ट — २०६)
आङ सान सुचीका केही चर्चित भनाइहरू :—
नक्कली प्रजातन्त्र निरङ्कुशताभन्दा बढ्ता खतरनाक हुन्छ । निरङ्कुशताले नै मानिसहरूलाई लड्नका लागि उद्देश्य दिन्छ तर नक्कली प्रजातन्त्रले त्यो छनोट दिँदैन । (पृष्ट—१७८)
कहिलेकाहीँ सोच्छु, यदि तपाईँ एक्लो हुनुहुन्छ भने तपाईँ सबैभन्दा बढी स्वतन्त्र हुनुहुन्छ किनभने तपाईसँग त्यो बेला प्रशस्त समय हुन्छ । (पृष्ट—१८०)
अन्त्यमा , सबै मानिसले खराबमाथि असलले जितेको नै हेर्न चाहन्छन्, असलमाथि खराबले जितेको चाहँदैनन् । (पृष्ट—१८२)
यदि तपाईँ केही पनि गर्नु हुन्न भने केही पनि पाउँनु हुन्न, यो पक्का हो । (पृष्ट—१८३)





Friday, July 18, 2014

आज मलाई मन प¥यो—१७

आज मलाई मन प¥यो—१७

सरण राई

प्रदीप मान तुलाचनको उपन्यास ‘आस’ धेरै पहिलादेखि पढ्न चाहेको थिएँ, पढ्ने मौका मिल्यो । त्यसभित्रका मलाई मन परेका केही उद्धरणहरू, जस्ताको तस्तैः—

...त्यसै त देशमा भ्रष्टाचार रोग बनेको छ, नयाँ पिँढीले अहिलेदेखि नै यस्तो काम सिक्यो भने गरिबहरूले पढे–लेखेको र देश हाँक्ने टाठाबाटाबाट के आस गर्ने ? (पृष्ट–७७

...सहरमा पढे–लेखेका, हुने–खानेका छोराछोरी स्वार्थी छन् । (पृष्ट–८१)

...जस्तोसुकै पीडाको एकमात्र औषधि भनेको समय हो । (पृष्ट–१०३)

अमेरिका धनी भएर सबै नागरिक स्वतन्त्र भएका छन् वा सबै स्वतन्त्र रआफ्नो कामप्रति जिम्मेवार भएकाले यो देश यति धनी र शक्तिशाली भएको हो ? (पृष्ट–१०७–८

..सरकार यस्तै छ, देश हाँक्नेहरू नै छाडा भएपछि कसैले गर्न नै के सक्छ ? यो सबैको जरो नै सामन्तवाद हो । यसले हाम्रो समाज र संस्कृतिलाई नै भ्रष्ट बनाइदिएको छ । (पृष्ट–१२७

जीवन अनौठो यात्रा हो । यो यात्रामा अनेकौं सपनाहरू आउँछन् । कति सपना आपैm बिलाएर जान्छन्, कतिलाई साकार बनाउन चाहेर पनि सम्भव हुँदैन । कुनै साकार हुन सक्ने आशासम्म बोक्न सकिन्छ । त्यसका लागि मान्छेले मिहिनेत पनि गर्छ । कोही सफल हुन्छ त कोही असफल । (पृष्ट–१३४

जिन्दगीमा निराश हुनु भनेको जिन्दगीमा सबथोक गुमाउनु हो । (पृष्ट–१६९)

हाम्रा नेताहरू ज्यादै स्वार्थी भइदिए र पद र कुर्सीको लागि जे पनि गर्न तयार भइदिने.... मलाई त गरिब हुनु नै अभिशाप हो जस्तो लागिरहेछ । देशको गरिबीले गर्दा राजनीति पनि गरिब र राजनेताहरूको मन पनि गरिब भएको हो कि जस्तो लाग्छ । (पृष्ट–१८०)

एकातिर ऊ शोकाकुल छ, अर्कातिर गिद्धहरू उसका बाको मृत शरीर खान लडाइँ गरिरहेका छन् । मासुको स्वादलिइरहेका छन्, कति दिनको भोक मेटाइरहेका छन् ।
केही क्षणपछि त्यो ठाउँमा केही हड्डीहरू मात्र बाँकी रहे । मासु सकिएपछि गिद्धहरू माथि–माथि गए । बगरमा यत्रतत्र छरिएका हड्डी टोक्न अब गाउँका कुकुरहरू दौडन थाले । (पृष्ट–२०१)

...त्यही बेला मूलद्वारमा कसैले जोडसँग ढकढक्यायो । ग्याल्जेन लामाले ढोका खोल्न आदेश दिए । ढोका खुल्ने बित्तिकै पन्ध्र–बीस जना मानिसहरू कम्ब्याट ड्रेसमा आँगनमा ग¥यामगुरुम्म बुट बजार्दै आइपुगे । ... आगन्तुक सबै युवायुवती रहेछन्, आधाजतिको हातमा बन्दुक थियो, जो सा¥है चनाखो भई यताउता हेर्दै थिए । तीनजनाले एउटा घाइते ठिटोलाई बोकेर आँगनमा ल्याइपु¥याए, लगत्तै अन्य तीजनाले एउटी घाइते ठिटीलाई ल्याइपु¥याए । दुवै सिकिस्त थिए ।
‘उनीहरूको आत्मालाई शान्ति देऊ । मन नलागे पनि उनीहरूको बिदाइ गर्नै प¥यो । दुवैलाई गोली हानेर तुरुन्त सिध्याऊ !’ हातमा मेसिनगन बोकेको क्रेन क्याप लगाएको व्यक्तिले कमान्डिङ स्वरमा हातमा मेसिनगन ताकिरहेको अर्को ठिटोलाई आदेश दियो ।
‘सर, म बाँच्न चाहन्छु !’ घाइते ठिटो रुन्चे आवाजमा बोल्यो ।
‘त्यसो भए हिँडेर देखाऊ !’ क्रेन क्याप लगाएको मानिस निर्दयी जस्तो भएर करायो । घाइते ठिटोले सकी–नसकी उभिन कोसिस ग¥यो, तर सकेन, डङरङै भुइँमा ढल्यो ।
बुम...बुम.. मेसिनगन पड्क्यो । ठिटोले सास छोड्यो । त्यो देखेर घाइते ठिटी रुँदै चिच्याई— ‘म अहिले मर्न चाहन्नँ । नयाँ नेपाल हेर्न चाहन्छु ।’
‘त्यसो भए उभिएर देखाऊ ।’
केही बेरसम्म उसले पनि उठ्ने कासिस गरिहेरी, तर सकिन । मेसिनगन फेरि पड्क्यो । अर्को प्राण यो धरतीबाट सधैंको लागि बिदा भयो । (पृष्ट–२०४)

एउटा शुक्रबार बेलुकी एक हुल हाकिमहरू हाम्रो भट्टीमा जाड–रक्सी खान आए ।...भित्र पस्दा मैले एउटा हाकिम मेरो बहिनीलाई भुइँमा पछारेर उनीमाथी चढिरहेको देखेँ । आमा भित्र पसी बहिनीलाइृ छाडिदिन बिन्ती गरिरहेकी थिइन् ।... रिसले मैले आँखा देख्नै छाडिसकेको थिएँ । ...भित्तामा झुण्डाइराखेको मेरा बाउको तलवार निकालेर यसरी हानेँ कि त्यो हाकिमको टाउको च्वाट्ट छिनेर उछिटिदै पश्छिम भित्तामा बजारिन पुग्यो । (पृष्ट–२०६)

जीवन भन्नु नै सुख र दुःखको समिश्रण हो । यो न खुःख परे रोकिन्छ, न त सुखमा अल्झिन्छ । नदी जस्तै बग्नुको निरन्तरता नै जीवन हो । (पृष्ट–२१२)

http://likedtoday.blogspot.com/
Sarankumar Rai's photo.

Wednesday, June 11, 2014

आज मलाई मन पर्यो — १६

आज मलाई मन पर्यो — १६
काकरभिट्टामा उपहार प्राप्त पुस्तकहरूबाट केही उद्धरण :—

कृष्णप्रसाद उप्रेतीः ‘अविश्रान्त यात्रा’बाट

पछि धकेल्ने कारक तत्व पुरेत्याइँ गर्ने ब्राम्हणवाद हो । धेरै मनगढन्ते कथा, कविता जस्तै रचिएका धर्म र पूजा, यो व्रत, यो तीर्थ भन्दै सोझा जनता अल्मलाएर मिठो खाने र सम्पत्ति कमाउने पेशा मानिन्छ । ( पृष्ट २७,)

नेपाल जलस्रोत, जडिबुटी, कृषि, पशुपालन, पर्यटनले सम्पन्न छ । धनी देशका अल्छी जनता लुटिमागी ल्याउने भुटी खाने सरकार र प्रशासन भएकाले नेपाल र नेपालीको इज्जत माटामा मिलिसक्यो । ( पृष्ट ४०)

हरिभक्त कटुवाल विद्धान भएपनि आर्थिक सङ्कटले सधै दुःखी रहेछन् । उनले गरेका पेशाहरू धेरै खेतीकिसान, टिचर, दोकान गर्दा असफल हुनुभएछ र पनि साहित्य र समाजसेवामा अग्रणी भूमिका खेल्नु भएको रहेछ । हरिभक्तको धेरै जाँड रक्सी पिउने बानीले उनलाई टी. बी. रोग लागेछ । उनलाई बिरामले सिकिस्त पारेपछि साथीहरूले डिप्रुगढ छेउको टी. बी. हस्पिटलमा पुर्याई भर्ना गरेर सबै बन्दोबस्त मिलाई केही खर्च दिएर भविलालजीहरू घर फर्किनु भएछ । दुई दिनपछि केही पैसा सङ्कलन गरेर भविलालजीहरू हस्पिटल पुग्दा आफूले राखेको बेडमा हरिभक्तलाई देख्नु भएनछ । सोधखोज गर्दै जाँदा हरिभक्तजी हिजै बित्नुभएछ । खर्च दिएको पैसा लिएर बाहिर आई एउटा दोकानमा मुग्लानको रक्सी र मासु खानु भएछ । त्यसै रात हसिप्टलमै निधन भएछ । हरिभक्तजीले नै बेवारिसे मान्छेहरू मर्दा सत्गती गराउने एउा संस्था खोलेको रहेछ । त्यही संस्थाले हरिभक्तको सत्गती गरी सकेको रहेछ । त्यही खबर लिएर साथीहरू डिक्पाई फर्किनु भएछ । ( पृष्ट –६७)

नेपालीको छोराले पक्कै देश टुक्राउने, नेपाल फुटाउने, छुट्टै राज्य बनाउने कुरा बोल्न सक्तैनन् । यस्ता अपराध गर्ने बोल्नेहरू त उतैबाट आउँछन्र । त्यसैले नेपाल र नेपालीको रक्षा गर्ने हो भने मन्त्री बनाउँदा डीएनए परीक्षण गरेर मात्र बनाउँनु पर्छ है । (पृष्ट–१३४)

जे खान सकिन्छ गर्न सकिन्छ जीवितमै गर्नु पर्छ जीवन बितेपछि पनि नाम त नमरोस् भन्नेतिर ध्यान पु¥यायौँ भने बेश हुन्छ अरुथोक केही पाइदैन कात्रोमा बेरिएर खाली हात माटोमुनी वा खरानी बनाइदिन्छन् कसैको पनि कात्रोमा गोजी हुँदैन । (पृष्ट–१४३)

https://www.facebook.com/photo.php?fbid=466450010151590&l=5bb5755eaf

Saturday, March 29, 2014

आज मलाई मन प¥यो
आज मन पर्यो
.......मनहरु पनि जले
घर्ती मनहरु जले , अनि जले सेतो धरती जल्दैछन् यी आस्थाहरु, उपल्ला सभ्यताहरू , ठुलाबडा छुतहरू ,तल्ला(साना अछुतहरु भन्दा महान् हुन्छन् भन्ने भ्रमहरु भत्कदै छन् ...उत्पीड़ित आत्मालाई जलाएर कुनै स्रष्टा अझ अमर बन्लान् ?

तारालाल श्रेष्ठ : किन जल्यो किताब ? ,नागरिक , २०६९, मंसिर,९

अबको साहित्य सामन्ती संस्कारको जगमाथि लेखिनु हुन्न ,सामन्ती संस्कारको जगमाथि ठड्याइएको साहित्य जल्दै जाने छन् | त्यस्ता साहित्यको आयु सकिएको छ र ,अब नयाँ साहित्यको उदय भैसकेको छ|
 * * *

आज मलाई मन पर्यो_२

जर्ज बर्नार्ड शाको आत्मकथन

मैले आफ्नो पाँचै वटा उपन्यासहरू लन्ड़नको सबै प्रकाशकहरुलाई पठाई सकेको थिएँ , र केहि अमेरिकन प्रकाशकहरुलाई पनि | कसैले पनि छाप्ने स्विकृती दिएनन् | पचास साठी पटक अस्वीकृत भए पछी मैले हिम्मत हार्न थालेको थिएँ जसले गर्दा प्रंससा र आलोचनाबाट म लापरवाह भएँ जसले आजसम्म मलाई फायदा भएको छ तथापि मलाई मेरो यस्तो लापरवाहिले केही कामहरुमा नोक्सान भएको छ |

अनुवादक ( सरण राई ,( नवनीत ,वर्ष ३७ .अङ्क ५ ,मई , १९८८ बाट)

* * *

आज मलाई मन प¥यो – ३

सुकरात अत्यन्त कुरूप थिए । र पनि ऐना आपूmसित सधैं राख्थे  र बारम्बार ऐनामा आफ्नो अनुहार  हेरिरहन्थे । यस कुरामा एकजना साथीले अचम्म मान्दै उनलाई यसरी ऐना हेर्नुको कारण सोधे र उनले यस्तो जवाफ दिए— ‘म  सधैं यो सोचिरहन्छु कि मैले राम्रो कामहरू धेरै गरेर मेरो कुरूपताको प्रतिकार  गर्नु पर्छ । ऐना बारम्बार हेरिरहदा मलाई यो कुरा सम्झिरहन मदत मिल्छ ।’
यस सन्दर्भमा सुकरातले अर्को कुरा पनि थपे— ‘जो सुन्दर छन् उनीहरूले पनि बारम्बार ऐना हेरिरहनु पर्छ र सम्झिरहनु पर्छ कि यो इश्वरले दिएको सौन्दर्यमा कतै मेरो कुकृत्यले कालो दाग–धब्बा नलागोस् ।’
डा. गोपालप्रसाद ‘वंशी’

अनुवादक– सरण राई, (नवनीत,वर्ष ३७, अङ्क ५,मई, १९८८ बाट)
* * *

आज मलाई मन प¥यो – ४
सुख के हो ?

सुखका एउटा ढोका बन्द हुँदा अर्को खुलेको हुन्छ । तर हामी कहिले कही बन्द भएको ढोकालाई यति धेरै समयसम्म हेरिरहन्छौँ कि खुलेको ढोका देख्न सक्तैनौँ ।
                                —हेलेन केलर

मलाई आश्चर्य लाग्छ कि सुखको मनोकामना गर्नु पनि मेरो दुःखको अटुट भाग भएको छ ।
                —खलील जिब्रान

सुख दिने कुराहरू पहिले पनि थिए र अहिले पनि छन् । फरक यो छ कि जुन व्यक्ति सुखको मोल पहिले तिर्छ  र त्यसको आनन्द पछि लिन्छ, उसले धेरै स्वाद पाउँछ । जसले सुख सजिलै पाउँछ, उसको निम्ति सुख नै मृत्यु हो ।
—    रामधारीसिंह दिनकर
मनिसलाई सुखको पीर र अल्सिले चौपट बनाउछ ।
—शौपनहावर

सुखले भाग्यमानी मानिसको परीक्षा लिन्छ भने संकटले महान् मानिसको ।
—प्लिनीद यंगर
धरतीमा फूलहरू एकअर्कासित इष्र्या गर्दैनन् जबकि उनीहरू एक अर्कोभन्दा सुन्दरता र खुबीहरूले भरिएका हुन्छन् । उनीहरू एक अर्काको छिमेकमा बस्दछन् र एकअर्काको खुबीहरूबाट सुख पाउँछन् ।
—    जेकब बोह्मी
त्यही मानिस सुखी हुन्छ जो मानसिक अशान्ति बीना साँचो सिद्धान्त र आदर्शमा हिड्दै आफ्नो गन्तव्य तय गर्छ ।
—ऐस्ट्रँज

सुख असल गुणद्वारा उत्पन्न गर्न सकिन्छ र यसको लागि  यो आवश्यक हुन्छ कि यसको निर्माण सत्यको जगमाथि गरिएको होस् ।
—    काँलरिज
अरूलाई सुख दिँदा हामी यति धेरै सुख पाउँछौँ कि हामी उसलाई धन्यवाद दिन मन पराउछौँ ।
—    हेनरी द मौतरलां
(संकलक–रवीन्द्र वांगड)
अनुवादक– सरण राई ( नवनीत, वर्ष ३२, अङ्क १२, दिसम्बर, १९८३)
* * *


आज मलाई मन प¥यो ः ५

पाब्लो पिकासो के भन्छन् ?
हामी चित्रकारहरू कल्पनालाई कसरी प्रस्तुत गर्छाैँ भने मानौँ ति यथार्थ हुन् तर लेखकहरू चाहीँ यथार्थलाई काल्पनिक रूपमा प्रस्तुत गर्छन् ।

मानिसको पतन त्यसबेलादेखि सुरु हुन्छ जब ऊ समकालिनहरूसँग इष्र्या गर्न थाल्छ ।

मैले के बानी बसालेको छु भने भयङ्कर अन्धकारमा पनि उज्यालोको खोजी गर्ने र जब प्रकाशको एउटा किरण पनि फेला पर्छ ,त्यसको सहाराले म अँध्यारोलाई बिर्सिदिन्छु । यसरी  कैयौँ कठिनाइहरू मेरा लागि सरल भएका छन् ।

हृदय बिश्वासको मुल हो । राम्रो मित्रता केवल सज्जनहरूसँग हुन्छ । दुष्ट मान्छेहरूसँग स्थायी मैत्री हुन सक्तैन । उनीहरूको स्नेह खाली देखावटी हो, तिनीहरूको मित्रता बालुवाको घर हो जहिले पनि भत्किन सक्छ ।

सौन्दर्य रक्सीभन्दा मादक हुन्छ । त्यसले दृश्य र दर्शक दुवैलाई उन्मादित पार्छ । नारीको अध्ययनबाट मेरा प्रवृत्तिहरू बढी सुरूचीकर हुँदै गइरहेछन् ।

तरुण्याई नयाँँ लुगाजस्तो होइन जसलाई अलिअलि प्रयोग गरेर हामी धेरै दिनसम्म खपाउन सक्छौँ । यौवन जबसम्म छ सधैं प्रयोगमा आउनुपर्छ किन भने यो चाडै जान्छ ।

निराश प्रेमीहरूले कहिल्यै आशा छोड्न हुँदैन किन भने दिनमा चौबिस घण्टा  हुन्छन् । तिनमा कुनै पनि क्षण यस्तो छैन जसमा स्वास्नीमान्छेले आफ्नो विचार नबदलोस् ।

यो अव्यवस्थित ब्रम्हाण्ड हाम्रै मनस्थितिको प्रतिबिम्ब हो, हामी अस्वाभाविक इच्छाहरूलाई प्रोत्साहित गरेर आफै नै बाटो दुर्गम पार्दछौँ, आपैm आफ्नो स्वार्थलाई जाग्रत पार्दछौँ ।

पुरुष स्त्रीलाई आफ्नो प्रतिबिम्ब बनाउन चाहन्छ । तर  त्यो नारी जो पुरुषको प्रतिबिम्ब मात्र छ, स्वयंमा केही छैन, पुरुषको कुनै सहायता गर्न सक्तिन ।


प्रस्तुति–सरण राई (कलाकार, वर्ष २, अङ्क ४, २०३८बि.सं. बाट )
* * *
आज मलाई मन प¥यो ः ६

बौद्ध–साहित्य
....बुद्ध स्वयं बोधिज्ञानलाभअघि गरेको तपस्याको अनुभव बोधिराजकुमारलाई सुनाउनुहुन्छ—
“.... तब मलाई लाग्यो, श्वास नफेरीकनै तपस्या किन नगरुँ ?
अनि मैले मुख र नाकबाट श्वास फेर्न बन्द गरेँ ।... शरीरमा...
बेस्सरी दाह हुन्थ्यो, जसरी दुई पहलवानले एक अशक्तलाई
आगोमाथि चारैतिरबाट तपाउने हो, त्यसरी नै... जसरी काँचो
लौका हावा र घाममा मुर्झाउने हो, त्यसरी नै मेरो शरीरको
छाला मुर्झायो । ....राजकुमार । पेटको छाला मसल्दा पीठको
हड्डी छोइन्थ्यो, पीठको हड्डी मसल्दा पेटको छाला छोइन्थ्यो ...’’
—     —
अच्चेन्ति सुत्त

“.... समय बित्दै छ, रात बित्दै छन्,
सिद्धिदैछन् जीवनका पलहरू एक एक गरी ।
त्यो भयलाई हेरी मृत्युको
त्याग गर सांसारिक सुख शान्ति चाहन्छौ भने ।”
—    —
निपातहरू

“....भिक्षुहरू ! मैले यस्तो कुनै एक वस्तु देखेको छैन, जसलाई
वशमा नपारे यति अनर्थकारी हुन्छ, जति कि यो चित्त....”

—    —
”.... भिक्षुहरू ! यी दुई मूर्ख हुन् । को को ? एक त्यो
जो दोषलाई मान्दैन, दोस्रो त्यो जो आफ्नो दोषलाई
दोष भन्नेलाई क्षमा गर्दैन । भिक्षुहरू ! यी दुई मूर्ख हुन् ...”

प्रस्तुति– सरण राई (नेपाली साहित्यकोश,२०५५बाट )
* * *

आज मलाई मन प¥यो : ७
सिग्मन्ड फ्रायड (१८५६–१९३९) को मनोविश्लेषन–सिद्धान्तका अनुसार चेतनाका (कन्सियसनेस) तीन तलहरू (लेवल्स) हुन्छन् । ती हुन् — चेतन,उपचेतन, एवं अचेतन । चेतन तलमा वर्तमान क्षणका विभिन्न संवेदनाहरू र अनुभूतिहरू हुन्छन् ।यो चेतन, मानसिक जीवनको सानो भाग हुन्छ । यो भाग अत्यन्त अल्प समयको लागि चेतन हुन्छ एवं छिटै उपचेतन तलमा परिवर्तित हुन्छ जसरी मानिसको ध्यान फेरिन्छ वा घट्न जान्छ । चेतन मानवीय व्यक्तित्वको सानो र सीमित पक्ष हो ।
उपचेतन क्षेत्रलाई प्राप्त स्मृति पनि भनिन्छ । यसमा न्यूनतम प्रयासद्वारा अनुभूतिहरूलाई संस्मरण गर्न सकिन्छ । यसमा रहने अनुभूतिहरू तत्काल चेतन नभए तापनि यी स्वतः चेतन तलमा प्रकट हुन सक्छन् । यस्ता अनुभूतिहरूमा एक सातामा आफ्ना क्रियाकलापहरूका स्मृतिहरू र अन्य अतीतका संस्मरणहरू सङ्कलित रहन्छन् । फ्रायडका विचारमा उपचेतनले चेतन र अचेतनबीच पुलको काम गर्छ । मनोविश्लेषणात्मक उपचारको फलस्वरूप अनुभूतिहरू अचेतनबाट उपचेतन हुँदै चेतन तलमा आउँछन् ।
मानवीय मनको तेस्रो र भित्री पत्र अचेतन हो । फ्रायडका अनुसार अचेतन अनुभवजन्य एवं यथार्थपूर्ण हुन्छ । यसले मानवको महत्वपूर्ण पक्षलाई ओगटेको छ औ मानिसको व्यवहारलाई निर्धारित गर्दछ । अचेतनका इच्छाहरू दहिम हुन्छन् । एवं मौका पाए छद्मरूप लिएर वा साङ्केतिक तवरले भए पनि दिवा–स्वप्न, स्वैर–कल्पना (फेन्तेसी) र स्वप्नको माध्यमबाट चेतनतलमा आउँछन् एवं जागृत हुन्छन् । मानवीय मनको ९० % भाग अचेतन विचारहरूले भरिएको हुन्छ । मानिसको अस्तित्व–निर्माणमा अचेतन मानसिक प्रक्रियाको केन्द्रिय भूमिका हुन्छ । १९२० तिर फ्रायडले मानवीय व्यक्तित्वसम्बन्धी परिवर्धित धार प्रस्तुत गरेका थिए । मानिसको व्यक्तित्वको संरचना तीन किसिमको प्रणलीहरूबाट बनेको हुन्छ । ती हुन्— इदम् (इड), अहम् (इगो) र परा अहम् (सुपर इगो)। यी संरचनाहरू भए पनि फ्रायडको विचार अनुसार अमूर्त एवं परिकल्पनात्मक अवधारणा (कन्सेप्ट) नै हुन् ।
प्रस्तुति– सरण राई (नेपाली साहित्यकोश,२०५५बाट )
* * *

आज मलाई मन प¥यो : ८
रस र तिनको परिचय
पूर्वीय काव्यशास्रमा आठदेखि एक्काइस रसको उल्लेख भए पनि उद्भटले औँलाएको नौ रस नै सर्वमान्य देखिन्छन् ।
 शृङ्गाररस— कामिजनको हृदयमा सुषुप्त रहेको ‘रति’ रसानुभूतिको स्तरमा पुगेको अवस्था नै शृङ्गाररस हो ।
हास्यरस— विकृत वेशभूषा अनुपयुक्त वचन तथा  हास्योत्पादक चेष्टा आदिबाट हास्यरसको उत्पत्ति हुन्छ । हँसाइको मात्राको आधारमा स्मित, हसित, विहसित, अवहसित, अपहसित, र अतिहसित गरी ६ प्रकारमा यस रसलाई वर्गीकृत गरेको पाइन्छ ।
करुणरस— इष्टनाश र अनिष्टको प्राप्तिबाट उत्पन्न हुने रस करुणरस हो ।
रौद्ररस— क्रोध स्थायीभाव भएको, राक्षस, दानव र उद्धत मनुष्यमा आस्रित रस रौद्र रस हो ।
वीररस— उत्साह स्थायीभाव भएको रस वीररस हो ।
भयानकरस— त्रासोत्पादक दृश्य देख्नु वा बलवान् व्यक्तिमाथि अपराध गर्नु आदि कारणबाट भयानकरस उत्पन्न हुन्छ । भनकरस स्वनिष्ठ र परनिष्ठ गरी दुई प्रकारमा वर्गीकृत गरिएको पाइन्छ । यस रसको स्थायीभाव भय हो ।
वीभत्सरस— वीभत्सरस अपवित्र, अप्रिय एवम् अनिष्ट विषय र वस्तुको दर्शन श्रवन परिकिर्तन आदि विभावादिबाट निष्पन्न हुन्छ ।
अद्भुतरस— अद्भुतरस आश्चर्यजनक पदार्थको दर्शन लोकोत्तर घटना वा वस्तुको दर्शन तथा श्रवण आदिबाट निष्पन्न हुन्छ ।
शान्तरस — तत्वज्ञान तथा वैराग्यबोधले गर्दा शान्तरसको निष्पत्ति हुन्छ ।
प्रस्तुति– सरण राई (नेपाली साहित्यकोश,२०५५बाट )


आज मलाई मन प¥यो : ९
मानिस के ले बाँच्छन् ?
लियो ताल्स्तोय
अनुवादक– प्रा .राजनारायण प्रधान

...भगवानले मलाई ( मृत्युको देवदुत  जो भर्खर जम्ल्याहा नानीहरू जन्माएको आमाको आत्मा लिन पठाएकोमा  दया लागि आत्मा नलिइ फर्केकोले र भगवानको आदेश पालना नगरेकोले ) दण्ड दिनुभएको थियो । (दण्डस्वरूप मृत्युको देवदुत  मलाई मानिस बनाएर पृथ्वीमा)  भगवानले मलाई तीनवटा सत्य कुरा सिक्न पठाउनु भएको थियो । ती तीन कुरा हुन् — मानिसमा कसले बास गरेको हुन्छ, मानिसलाई के दिइएको हुँदैन अनि मानिस के ले बाँचेका हुन्छन् ?
(जाडोले कक्रिएर र भोकले मर्न लागेको मानिसरूपी मलाई) तिम्री स्वास्नीले दया देखाउँदा मैले एउटा सत्य कुरा सिकेँ । “मानिसमा के ले बास गरेको हुन्छ” भन्ने सम्झेँ । अनि मानिसमा प्रेमले बास गरेको हुन्छ भन्ने कुरा बुझेँ ।
 म तिमीसँग बसेँ अनि एक वर्ष बित्यो । एउटा मान्छे आयो र  उसले एक वर्ष खप्ने, नफाट्ने, रूप नबिग्रिने बुटजुत्ता बनाउने आडर दियो । मैले उसलाइृ हेरेँ अनि हठात् उसको काँधपछाडि मेरो साथी देखेँ– मृत्युको देवदुत ।  मैले मात्र उसलाई देखेँ । तर मैले उसलाई चिनेँ  र त्यो धनि मान्छेका आत्मा उसले लानेछ भन्ने कुरा थाहा पाएँ ।अनि मैले मनमनै भनेँ “यो मान्छेले एक वर्षको लागि तयारी गर्दैछ । तर आज साँझको अघि नै ऊ मर्नेछ भन्ने कुरा उसलाई थाहा छैन ।” अनि भगवानले भन्नुभएको दोस्रो सत्य “मानिसलाई के कुरा दिइएको हुँदैन” भन्ने सम्झेँ । ... मानिसलाई के कुरा दिइएको हुँदैन भन्ने कुरा जानेँ । मानिसको मृत्यु कहिले हुन्छ, त्यो ज्ञान उसलाई दिइएको हुँदैन रहेछ ।
तर अहिले मैले सबै कुरा जानिसकेको थिइनँ । मानिस केले बाँच्छन् भन्ने कुरो जानेको थिइनँ । अनि भगवानले मलाई अन्तिम पाठ कहिले सिकाउनुहुन्छ भनेर म पर्खिए । छैटौँ वर्षमा त्यो महिला दुई जम्ल्याहा बालिकाहरूलाई लिएर आइन् । मैले बालिकाहरूलाई चिनिहालेँ अनि तिनीहरूलाई उनले कसरी बचाइन् त्यो पनि सुनेँ । उनीहरूको कथा सुनिसकेर मैले विचार गरेँ— “तिनीहरूकी आमाले यिनीहरूको निम्ति मलाई बिन्ती गरेकी थिई । उसले आमा–बाबुबिना बच्चाबच्ची बाँच्न सक्तैनन् भनी । मैले उसको कुरा पत्याएँ । तर एउटी अपरिचित महिलाले उनीहरूको स्याहार–सुसार  गरिन् र हुर्काइन् ।” अनि जब उनले ती बालिकाहरूलाई माया गरिन्, उनीहरूको निम्ति रोइन्, त्यतिबेला मैले उनमा साक्षात भगवान देखेँ अनि मानिस केले बाँच्छन् त्यो बुझेँ । भगवानले मलाई अन्तिम पाठ पनि सिकाउनु भयो ।
मानिस भएपछि म बाँचे किनभने एउटा बटुवाको मनमा प्रेम थियो । उसले  र उसकी  स्वास्नीले मलाई दया गरे, माया गरे । टुहुरीहरू बाँचे किनभने एउटी अपरिचित महिलाको मनमा प्रेम थियो । उनले उनीहरूलाई दया गरिन्, माया गरिन् । अनि मानिसहरू आफ्नै हितको चिन्ताले बाँचेका होइनन् तर प्रेमले बाँचेका हुन् ।
प्रस्तुति– सरण राई ( प्रा .राजनारायण प्रधान : विश्वका महान् कथाहरू,२०६५ बाट )
* * *

आज मलाई मन प¥यो : १०
तुर्कमनी लोककथा
भाग्य र स्त्री
अनुवादक– सरण राई
एउटा परिवारमा तीनजना बुहारीहरू थिए । उनीहरू खुसी थिए र एक आपसमा मिलेर बसेका थिए । एक दिन उनीहरू सबैको साझा भाग्य जेठी बुहारीकोमा गयो र भन्यो ः
“प्यारी, तिमी मसित जे चाहन्छौ माग, किनकि म यहाँबाट जाँदै छु ।”
“ठीक छ”, जेठी बुहारीले भनी “ मलाई धेरै धेरै धन दिनुहोस्, त्यसपछि जता जानु छ जानुहोस् ।”
भाग्यले उसलाई उसले मागे अनुसारको सबै कुरा दियो र माइली बुहारीकोमा गयो ।
“प्यारी”, उसले भन्यो, “ मैले यहाँबाट जानु छ । त्यसकारण बिदा हुनुभन्दा अगाडि जे चाहन्छौ मसँग माग ।”
“ठीक छ,” माइली बुहारीले भनी, “यदि जाँदै हुनुहुन्छ भने मलाई धेरै धेरै पैसा दिनुहोस् ।”
“राम्रो”, भाग्यले भन्यो । उसले माइली बुहारीको इच्छा पूरा ग¥यो र कान्छी बुहारीकोमा गयो ।
“प्यारी, मैले तिम्रो देश छाडेर जानु छ ।” उसले सानो बुहारीलाई सूचना दिँदै भन्यो,“छोड्नुभन्दा पहिला म तिमीलाई तिमीले चाहेको सबै कुरा दिन्छु, सुन चाहन्छौ सुन, चादी चाहन्छौ चादी ।”
“अपशोस, तपाईँ हामीलाई छाडेर जानु हुँदै छ ।” सानी बुहारीले  साँच्चै दुःखी  भएर भनी, “मलाई न सुन चाहिन्छ, न चादी, न धन । यदि हुनसक्छ भने हामीलाई स्वास्थ्य र मेलमिलाप दिनुहोस् । बाँकि अरु हामी आपैm खोज्नेछौँ ।”
“यदि तिमी यति मात्र मागिरहेकी छ्यौ भने,” भाग्यले भन्यो “मैले अन्त जानुपर्ने आवश्यकता नै रहेन । म सायद सधैंको लागि तिम्रै झुपडिमा नै बसिरहुँला ।”
 ठुला बुहारीहरूले आफ्नो सबै धन खर्च गरेर सके । उनीहरू प्रायजसो सानी कान्छी बुहारीसँग मदत माग्थे र सानो बुहारीले उनीहरूलाइृ कहिल्यै निराश पारीनन् ।

श्रोतः तुर्कमनी लोक कथाएं, रादुगा प्रकाशन, मास्को , सन १९८२

* * *

आज मन पर्यो ) ११

....समाजको प्रत्येक युवकले ऊच्च आदर्श अघि राखेर स्ययं सच्चरित्र रह्यो भने पनि समाजको ठुलो उपकार हुन्छ | तिनका आदर्शले समाजका अरु दसजना टिठाहरुको पवित्र संगठनमा प्रभाव पर्छ | यो पनि समाज संगठन र सुधारमा अल्प महत्वको कुरा होइन  |

- रुपनारायण सिंह , ' भ्रमर ' उपन्यासबाट

स्त्रीहरुको स्वाभावै यस्तो हुन्छ , दुर्लभ पदार्थ पाउनालाई ती प्राण समेत अर्पण गरिदिन्छन् , तर उही पदार्थ अघिल्तिर आएर उभिदिदा द्विविदा गर्न थाल्छन्  | मिथ्या अभिमान र भ्रममा भविष्यको सुख र शान्ति नाश पार्छन्|

- रुपनारायण सिंह , ' भ्रमर ' उपन्यासबाट


'संसारिक जीवनको सौन्दर्य
सक्रियता ,सेवा ,संयम र धैर्य '

-सरण राईको अप्रकाशित कविताबाट
* * *

आज मन पर्यो : १३

उपहारमा प्राप्त सबै पुस्तकहरू भरसक म पढ्ने कासिस गर्छु र पढ्छु । ‘सम्झनाको आलिङ्गनमा बाँधिएर’, ‘बेकर स्ट्रिटका दुई आँखा’, ‘चुनौती’, ‘देश दुखेको छ’ लगायत मुलुकबाहिर बसेर लेखिएका थुप्रै पुस्तकहरू उपहारमा पाएको छु र पढेको छु । ती पुस्तकहरूमध्ये आज मलाई मन परेका कुराहरू..
...आरम्भमा उच्च शिक्षा आर्जन गर्न विदेश गएका सीमित शिक्षित एवं बौद्धिक स्रष्टाहरूद्वारा लेख्न थालिएको यो (यात्रासंस्मरण) विधालाई समयान्तरसँगै रोजगारीका निम्ति विदेसिन बाध्य भएका स्रष्टाहरूले हुर्काउँदै–बढाउँदै लगेको पाइन्छ । यसरी विदेसिन बाध्य पारिएको सबभन्दा जेठो जातिको समाज हो — गोर्खाली अर्थात् तिरस्कृत शब्दोपनाम –लाहुरे । सन् १८१४–१६ नेपाल अङ्ग्रेज युद्धपश्चात यी लडाकु जातिको पुर्खौली शत्रु हुनुपथ्र्याे बेलायत ।  तर  विडम्बना उल्टो भइदियो, राज्यले निहित स्वार्थपूर्तिका निम्ति तिनै शत्रुका पोल्टामा फ्याँकिदियो यी जातिलाई । त्यही दिनदेखि अहिलेसम्म यी जाति अर्काको बन्दुक समातेर अर्काकै शत्रुसँग लडिरहेका छन् र मरिरहेका छन् । पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, मलाया, फकल्यान्ड, कोसोभो, इराक र अफगानिस्तानसम्मका नायक यिनै जाति हुन् । पहिलो र दोस्रो विश्वयुद्धपछि विश्वमा साहित्यले नयाँ मोड लिएको पाइन्छ । तर त्यसको असर नेपाली साहित्यमा किन भएन त ? ती युद्धका नायकहरू वीर मात्रै थिए, त्यसैले तिनले लडेका युद्धहरूको ‘स’सम्म पनि लेखिएन नेपाली साहित्यमा । यसले के बताउँछ भने इतिहास जसले निर्माण गर्छ, उसैद्वारा लेखिनु पर्दछ । खोइ हामीले लडेका इतिकास र युद्धसाहित्यहरू ?
—रक्ष राई (सम्झनाको आलिङ्गनमा बाँधिएर, भूमिका )

...नेपालीहरूले चौरासी ब्यञ्जन भन्छन्, तर जापानीहरूको परिकार दोब्बर हुँदो रहेछ ।...चिनियाँ, कोरियनहरू कुकुर मांसभंक्षी हुन्  भन्ने हामी सबैले देखे–सुनेका  छौँ । ....मङ्गोलियन अनुहार भए पनि नेपालीहरूले जस्तै जापानीहरूले  कुकुर भने खाँदैनन् । उनीहरूले नेपालीले खाने अति स्वादिष्ट खसीको मासु र परेवाको मासु पनि खाँदैनन् । खसी र कुकुर के कारणले नखाएका हुन् कुन्नि ? परेवा चाहीँ शान्तिको प्रतीक भनेर नखाँदा रहेछन् ।
....खाने प्रसङ्गमै, खाना खानुभन्दा अघि इतादाकीमास भनेर अनुमति माग्ने प्रचलन छ । कुनै पार्टी जलपान समारोहमा पेयपदार्थ पिउनुभन्दा पहिला कम्पाई भन्ने प्रचलन छ । खाइपिइसकेपछि गोचीसोसमा देस्ता भन्नेपर्छ । यदि ठुलाबडाहरूको छेउमा यी प्रक्रियाहरू अपनाइएन भने जापानीहरूले असभ्य सोच्ने गर्छन् । उनीहरू तालिमप्राप्त सैनिकझैँ  अनुशासित हुन्छन् । खाँदामात्रै हैन घरबाट बाहिर निस्किँदा ‘इत्तेकिमास(जाँदैछु)’; फर्किएर आएपछि ‘तदाइमा (घर आइपुगेँ)’ भन्ने प्रचलन छ भने घरमै बस्ने व्यक्तिले उनलाई ‘इत्ते¥यास्याई ओक्यायुकेत्ते कुदासाई (जानुहोला, आफ्नो ज्यानको ख्याल गर्नु)’, ‘ओकोयारीनसाई (हाम्रो घरमा स्वागत छ)’  भन्नैपर्छ । बिहानै उठेपछि आफूभन्दा ठूला व्यक्तिहरूलाई ‘ओहायु गोजाईमास’ भनेर घनुष्टङ्कार अभिवादन टक्र्याउनु पर्छ । यसैगरी दिउँसो र बेलुकी क्रमशः कोचिवा र कोङबाङवा भनेर अभिवादन टक्र्याउनु पर्छ ।
...‘चिन्ता नगर, निको हुन्छस् । सबै बिर्सेर आज मनोरञ्जन गर ।’ सँगै एउटै परिवार भएर बसेपछि पशुको पनि माया लाग्छ भन्ने भनाइले मलाई च्वास्स छोयो । सबैभन्दा पहिला उसलाई उचालेर फाल्ने मै बहादुर हुँ । तर आज एउटा अभिभावकको भूमिका निर्वाह गरेर गम्भीर चिन्ता झल्किएको छ सुइरे बूढा(यमामोतो)को अनुहारमा ।
—दयाकृष्ण राई : सम्झनाको आलिङ्गनमा बाँधिएर,नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत, २०६६
* * *

आज मलाई मन प¥यो – ३
सुकरात र  ऐना

सुकरात अत्यन्त कुरूप थिए । र पनि ऐना आफूसित सधैं राख्थे  र बारम्बार ऐनामा आफ्नो अनुहार  हेरिरहन्थे । यस कुरामा एकजना साथीले अचम्म मान्दै उनलाई यसरी ऐना हेर्नुको कारण सोधे र उनले यस्तो जवाफ दिए— ‘म  सधैं यो सोचिरहन्छु कि मैले राम्रो कामहरू धेरै गरेर मेरो कुरूपताको प्रतिकार  गर्नु पर्छ । ऐना बारम्बार हेरिरहदा मलाई यो कुरा सम्झिरहन मदत मिल्छ ।’
यस सन्दर्भमा सुकरातले अर्को कुरा पनि थपे— ‘जो सुन्दर छन् उनीहरूले पनि बारम्बार ऐना हेरिरहनु पर्छ र सम्झिरहनु पर्छ कि यो इश्वरले दिएको सौन्दर्यमा कतै मेरो कुकृत्यले कालो दाग–धब्बा नलागोस् ।’
डा। गोपालप्रसाद ‘वंशी’

अनुवादक– सरण राई, ९नवनीत,वर्ष ३७, अङ्क ५,मई, १९८८ बाट०
* * *


आज मलाई मन प¥यो — १४
    सरण राई
आजसम्मको साहित्य सामन्ती संस्कारलाई टेवा पुराउने किसिमको रहेको छ । पीडकले लेखेको साहित्य नभएकोले उडन्ते काल्पनिक साहित्यले पीडकहरूको ब्यथा समेट्नै सकेको छैन । पीडकहरूले पनि लेख्न थालेका वास्तविक भोगाइको साहित्यले मन छुन्छ र त्यही नै शाश्वत साहित्य हो । त्यस्तै आफैले भोगेको पीडा पोखिएको किताब हो  शान्ता चौधरीको ‘कमलरीदेखि सभासद्सम्म’ । त्यस पुसतकका केही उद्धरणहरू...
....अहिलेको मुख्य समस्या भनेकै पीडा एउटासँग र नेतृत्व अर्कोसँग हुनु हो । त्यसैले पीडितहरू नेतृत्व तहमा पुग्ने अवस्था सिर्जना नभएसम्म समस्या ज्युँका त्युँ रहनेमा शङ्का छैन, पीडितहरू नेतृत्वमा आएपछि मात्र सही रोगको सही उपचार सम्भव हुन्छ ।
...प्हिलेपहिले म गरिबहरू किन राजनीतिमा आउन्नन् ? उनीहरू राजनीतिमा आए पो आफ्ना समस्या समाधानका लागि पहल गर्न सक्छन् भन्ने ठान्थे । तर अहिले बुझ्न थालेकी छु कि राजनीति गरिबको लागि सहज रहेनछ । राजनीति सम्पन्न वर्गले गर्ने पेशा रहेछ । यही गरिब नेतृत्वमा आउन नसक्ने प्रक्रियाकै कारण ऊ जहिले पनि राजनीति, अवसर र पँहुचबाट टाडिएको रहेछ ।
... म शोषणको, उत्पीडनको विरुद्ध सङ्घर्ष छेड्न चाहन्थे, मेरा धेरै सहकर्मी पनि आफूहरूले सङ्घर्ष नै गरिरहेको बताउँथे । तर मेरो हेराइमा त्यो सङ्घर्ष फरक थियो– त्यो आफैमात्र खुसी हुनका लागि थियो । अधिकार आफ्नै नियन्त्रणमा राखिराख्नका लागि थियो । शोषण गरिरहन पाऊँ भन्नेमा केन्द्रीत थियो । मैले भने त्यसलाई स्वीकार गर्ने वा सहने कुरै थिएन, किनकि म यिनै सोच राख्नेहरूविरुद्ध सङ्घर्ष गर्ने कसम खाएर आएकी थिएँ । (पृष्ठ१६२,१६३,१६४)
शान्ता चौधरीःे ‘कमलरीदेखि सभासद्सम्म’
* * *

आज मलाई मन प¥यो — १५

लघु कथा
हार
सरण राई

त्यो धनमानेले मलाई जिन्दगीमा यति धेरै दुःख दियो कि मेरो जिन्दगी नै नरक भयो । जेल बस्नु प¥यो, स्वास्नी छोराछोरीहरूसँग छुट्टिनु प¥यो । कुकुरले समेत नपाउने दुःख पाइयो, भनि साध्य छैन । त्यसलाई कुटपिट गर्दै अन्तमा त्यसको ज्यान लिने उद्देश्यका साथ खुकुरी, पेस्तोल र विष बोकेर रातको अन्धकारमा म त्यसको घरभित्र सुटुक्क छिरेको छु ।
‘मलाई चिनिस् ? ए बजिया, धन्माने । म आज तलाई मारेर बदला लिन आएको छु, हा..हा..हा..।’ म डरलाग्दो अट्टहास हासो हाँस्दै त्यसको कठालो समात्छु ।
‘अँ..अँ..तँ.. ह् ह..ज्जुर.. काले ..।’
‘अँ, काले होइन तेरो काल , कति दुःख दिइस्, त्यसको बदला लिन आएको..।’
उसको चालढाल र अनुहार नियाल्छु, त्यहाँ कहाँ पहिलाको धनमानको फूर्तीफार्ती र रूपरङ्ग थियो । भिजेको मुसो जस्तो, प्यारालाइसिस भएर राम्ररी उभिन पनि नसक्ने, दुब्लो अहिले नै मरिहाल्छ कि जस्तो ।
उसको त्यस्तो हालत देखेर मैले खुकुरी, पेस्तोल र विष केही पनि निकाल्न परेन । मैले सोचेको थिएँ — विष कि खुकुरी वा पेस्तोल ? कुनै एक रोज्न लगाएर त्यसैद्वारा मार्ने । उसको त्यस्तो अवस्था देखेर म उसको कठालो छाड्छु ।
ऊ डङ्ग्रङ्ग लड्छ, केही हलचल गर्दैन । छाम्छु ऊ त मरिसकेछ ।
बदला लिनका लागि जीवनभर तड्पे । सबै तयारी पूरा गरेर पनि म हारेँ ।  अन्तिममा पनि उसैले जित्यो !

२०७०चैत १२, बुधबार, धरान
* * *