(लघुलेख)
देश निकाला
सरण राई
अाफ्नै देशमा जन्मेर पनि देशभित्र बस्न नपाएर गरिबगुर्वा, मजदुर , किसान देश निकालामा परिरहेका छन् ।
कानुनले
उनीहरूलाई देशनिकाला गरेकाे हाेइन । राजनैतिक व्यवस्थाले देशमा गरिखाने
वातावरण परिवेश बिगारेर बाँच्नै नसक्ने गरि अनेकाैं व्यवधानभित्र उकुसमुकुस
पारेपछि सास जाेगाउन बाध्यताले विदेश पलायन हुनु अाम जनताकाे नियती
बनाइएकाे छ । याे बनाउने अरू काेही हाेइन हामीले नै जिताएकाे दलाल भडुवा
राष्ट्रघाती नेता भनाउदाहरूले हाे ।
विदेशीकाे दलाल तिनीहरू !
तिनीहरूलाई यस्ताे परिवेशले मनपरि शासन गर्ने माैका दिई रहेकाे छ । मनपरि
गरेर , राष्ट्रघात गरेर, भ्रष्टाचार गरेर अर्थतन्त्र तहसनहस गरेर विदेशीका
लागि सस्ताे मजदुर बनाउने तिनीहरू गरिबगुर्वाकै नाममा राजनिति गर्ने भ्रम
छर्न सफल भइरहेसम्म सर्वसाधारण अाममान्छे देश निकालाकाे सिकार भइरहने छन् ।
ती
दलालहरू ! कति निर्लज्ज रहेछन् । कालापानी, लिपुलेक , लिम्पियाधुराबारे
माैन छन् । mcc सन्धी संसदमा अनुमाेदन गराउन अनेक प्रपञ्च रचिरहेका छन् ।
युध्द नै नलडि, युध्दमा नजितीकनै नेपाल उपनिवेश बनाउने र नेपालीलाई गुलाम
बनाउने विदेशीकाे मतियार तिनीहरू नाङ्गेझार भएका छन् । तिनीहरूलाई
देशभक्तहरूले देशनिकाला नगरून्जेल गरिबगुर्वाहरूले देशनिकालाबाट उन्मुक्ति
पाउन सम्भव छैन ।
२०७६ माघ १७, धरान
https://facebooklit.blogspot.com/2020/01/blog-post_31.html
Wednesday, February 21, 2024
(लघुलेख) देश निकाला
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment